असहायको – सँझनामा
तिर्थराज भट्टराई
१.
के खाए होला शहर बजार , डुलेर हिंड्नेले ,
यो बन्दाबन्दी होटल बन्द पसल बन्दले ।
डुलेर हिंड्ने मागेर खाने, अरूको अाशामा,
पागल भन्दै मगन्ते भन्छन् विकृत भाषामा ।।
२
मगज किन बिग्रेको होला , हामीले सोचेनौँ,
सन्तान अाफ्नो भएको भए ,के हुन्थ्यो बुझेनौं ।
छैठिको दिन लेखेको हुन्छ , भाबिले देखेर ,
नमान्नु खुशी क्याराम्रो भन्दै,रूप मात्रै हेरेर ।।
३
जोगीको भेष सन्तको रूप ,ईश्वरको होला कि ?,
दिएमा दान अानन्द मनले , अाशिष देला कि ?।
फैलाई हात जोडेर दुबै , माग्दछन् दक्षिणा ,
न दुखाइ मन सत् प्रेमसँग , दिनु है दक्षिणा ।।
४
अाशिष लाग्छ भरपेट खान,भोकालाई दिनु है ,
सन्तान दौलत शिक्षा र दीक्षा, अाशिष लिनु है ।
भोकले रूँदै तड्पेको अात्मा, दुःखेको मनले ,
भर् पेट खान्छ सन्तुष्टि लिन्छ , पुग्दैन धनले ।।
५
मिल्दैन शान्ति राखेर धन , अरूको साथमा ,
पुग्दैन निन्द्रा दुखाइ मन , सुतेर रातमा ।
छोरा र छोरी के भयो भन्दै , पीडाले रोएका ,
बिरामी भन्दै दुब्लाको देखि,अौषधी दिएका ।।
६
गरीवको सेवा दुःखीको सेवा,ईश्वरको सेवा हो ,
सन्तान सेवा जनता सेवा , समाजको सेवा हो ।
नाबालक सेवा अग्रज सेवा ,सेवा नै धर्म हो ,
सद्भक्ति लिन उद्धारित हुन, सेवामा जुटौं है ।।
सद्भक्ति लिन उद्धारित हुन ,सेवामा जुटौं है ।।
***** अस्तु *****
२०७७ बैशाख २४ , महाराजगन्ज , काठमाडौं
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



