गभर्नर अधिकारीको सम्पती विवरण सार्वजनिक: २७ तोला सुन र ५० तोला चाँदी !
बैशाख २४ बुधबार, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । अधिकारी गत चैत २४ गते मात्र राष्ट्र बैंकको १७ औँ गभर्नरको रुपमा नियुक्त भएका हुन् ।
गभर्नर अधिकारीले सोमवार राष्ट्र बैंकको वेबसाइट मार्फत सम्पती विवरण सार्वजनिक गरेका हुन् ।
गभर्नर अधिकारीले सार्वजनिक गरेको विवरण अनुसार कतै आफ्नै तथा कतै उनको धर्मपत्नीका नाममा गरि १० ठाँउमा जग्गा रहेको खुलेको छ ।
जसअनुसार उनको झापामा ४ ठाउँ, ललितपुरको ५ ठाउँ तथा मकवानपुरको एक ठाउँमा जग्गा विवरणले देखाएको छ । त्यस्तै उनको ललितपुरको सैँबुमा २२०० वर्गफिटमा बनेको घरसमेत रहेको छ ।
त्यस्तै अधिकारीले चल सम्पत्ति अन्तर्गत भने २७ तोला सुन, ५० तोला चाँदी र नगद १८ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख गरेका छन् ।
साथै उनीसँग विभिन्न ठाँउमा १६ लाख रुपैयाँ भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाको खातामा रहेको सार्वजनिक गरिएको छ ।
त्यस्तै अधिकारीसँग विभिन्न कम्पनीहरुको १ करोड ७ लाख रुपैयाँ बराबरको शेयर रहेको विवरण वेब साइड मार्फत सार्वजनिक गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



