सचिवालय बैठक चल्दाचल्दै किन उठेर हिँडे ओली ?
बैशाख २४ बुधवार, २०७७
काठमाडौं । सत्ताधारी दल नेकपामा पछिल्लो समय राजनीतिक समिकरण बिग्रिएको छ । परिणाम स्वरुप आज (बुधबार) बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा नयाँ दृश्य मञ्चन भयो ।
सचिवालय बैठक सुरु हुनेबित्तिकै दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली जुरुक्कै उठेर हिँडेका छन् । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष बैठक चल्दाचल्दै हिँडेतापनि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक जारी छ ।
भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न डाकिएको सचिवालय बैठकमा ओलीले के प्रस्ताव वा कुरामा चित्त बुझाएनन् त्यो खुल्न बाँकी छ । यद्यपी यसअघिदेखिनै नेकपामा विवादीत बनेको एक पद एक मुख्य जिम्मेवारीमा विवाद भएको स्रोतले बतायो ।
यसैबीच बैठकले बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने निर्णय गरेको बुझिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका नेताहरु गुटगत कित्तामा उभिएपछि पार्टीको कलह अझ सतहमा देखिन थालेको छ । आज बैठक बस्नुअघि नेताहरु एक अर्कासँग भेटघाट तथा छलफलहरु बढाएका थिए ।
बुइपाकाे कार्यवाहक वडाअध्यक्षमा छत्रमान राई
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा शुभचन्द्र राई प्रथम
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
उत्कृष्ट कार्यसम्पादन गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जना विरुद्ध किटानी जाहेरी, थप दुई महिला पक्राउ
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
चिन्ताजनक तथ्यांक: खोटाङमा आत्महत्या गर्नेमध्ये १० जना बालबालिका
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
उच्च शिक्षा प्राप्त र शिक्षा नपाएका आमाबीच पूर्ण स्तनपानको दरमा अन्तर
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



