लिपुलेकमा सडक खनेको विरोधमा गोरखामा नेविसंघको राके जुलुस

बैशाख  २८ आइतबार, २०७७

गोरखा । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गोरखामा राँके जुलुस निकालेको छ ।

नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध गर्दै आइतबार साँझ बिसौनी मोडको भित्री बाटोबाट घ्याम्पेशाल चोक हुँदै हरमटारी चोकसम्म जुलुस निकालेको हो ।

जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, चिनिया हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए ।

सदरमुकामको मुख्य चोक हरमटारीमा उनीहरुले कोण सभा समेत गरे । राँके जुलुससहित हरमटारीचोकमा नाराबाजी भएको धेरै समयपछि प्रहरी आइपुगेको थियो ।