लामो विवादपछि नेकपाले बोलायो स्थायी समिति बैठक

बैशाख ३० मंगलवार, २०७७
खोटाङ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।

तर प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुबीच एकमत नदेखिएपछि सचिवालय बैठकबाट बीचमा नै उठेर हिँडेसँगै बैठक स्थागित भएको थियो ।