दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्धारा किसानलाई आधुनिक कृषि उपकरण वितरण
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले किसानलाई विभिन्न कृषि उपकरणहरु प्रदान गरेको छ । पालिकाभित्रका विभिन्न अगुवा कृषक समुहलाई हाते ट्याक्टर (मिनी टिलर), मेज थ्रेसर (कन्सोलर) मेसिन तथा जेटिएहरुलाई माटो परिक्षणको लागि “स्वयल अगर मेसिन” प्रदान गरेको हो ।

पालिकाले शुक्रवार प्रत्येक वडाका एक/एक कृषक समूहलाई हाते ट्याक्टर, तीन/तीन समूहलाई मकै छोडाउने मेज थ्रेसर (कन्सोलर) मेसिन प्रदान गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । गाउँपालिका प्रमुख राईका अनुसार कृषि क्षेत्रमा उत्कृष्ट बन्न सफल कृषक समूहको छनौट गरेर सामाग्री वितरण गरिएको हो ।” कृषकले पाएका सामाग्री कृषक समुहले सही तरिकाबाट परिचालन गर्न सके त्यसवाट कृषिमा समृद्धि हुनेछ ।

कृषि क्षेत्रलाई पहिलो प्राथामिकता राखेको गाउँपालिकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्नका लागि उक्त सामाग्री प्रदान गरिएकोे कृषि संयोजक मातृकाप्रसाद डाँगीले बताए । आर्थिक बर्ष ०७४/०७५ को कृषक लक्षित कार्यक्रममा विनियोजित ८ लाख २५ हजारको बजेटमार्फत ल्याइएका कृषि सामाग्री कृषक समुहलार्य प्रदान गरिएको हो ।

प्रत्येक वडामा कार्यरत जेटिएहरुलाई माटोको नमुना लिन सहजताको लागि माटो परिक्षणको गर्ने “स्वयल अगर मेसिन” पनि गाँउपालिकाले उपलव्ध गराएको छ ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



