माछापुच्छ्रे बैंकले नगरको विपद व्यवस्थापन कोषमा ५० हजार सहयोग
जेठ १ बिहीवार, २०७७
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस विरुद्धको विपद व्यवस्थापन कोषमा सहयोगीको साथ मिल्ने क्रम जारी छ ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा माछापुच्छ्रे बैंकले ५० हजार रकम जम्मा गरिदिएको छ ।
कोरोना भाइरस विरुद्धको लडाईमा नगरपालिकासँग हातेमालो गर्ने प्रयास स्वरुप माछापुच्छ्रे बैंक हलेसी शाखाका प्रवन्धक खगेन्द्र श्रेष्ठले बिहिबार नगरप्रमुख इवन राईलाई चेक हस्तान्तरण गरेका छन् ।
प्राप्त भएको सहयोग रकम नगरस्तरीय विपद व्यवस्थापन कोषको नाममा माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको खाता नम्बर ७७०१५२४६५०९१७०६३ मा रकम जम्मा गरिएको छ ।
विपद व्यवस्थापन कोषमा रकम जम्मा गरेर कोरोना भाइरस विरुद्धको अभियानमा साथ दिनका लागि नगरपालिकाले आग्रह गरेपछि व्यक्तगित तथा संस्थागत सहयोग जुट्नेक्रम जारी रहेको नगरप्रमुख राईले बताए ।
यसअघि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम घर भइ हाल ललितपुरमा बस्दै आएका समाजसेवी जनकराज राईले नगरस्तरिय विपद व्यवस्थापन कोषमा ३० हजार २३७ रुपैयाँ जम्मा गर्ने घोषणा गरिसकेका छन् ।
यस्तै, नगरको विपद व्यवस्थापन कोषमा हलेसी तुवाचुङ नगरपालिकाका होटल व्यवसायीबाट २५ हजार र कांग्रेसका महाधिबेसन प्रतिनिधि जितेन्द्र ठकुरीबाट २५ हजार लगायतका रकम जम्मा भइसकेको छ । नगरपालिकाका कर्मचारीहरुबाट पनि ७ लाख रकम जम्मा भएको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस निवारणका लागि सचेतनामुलक गतिविधि सञ्चालन गर्न, आवश्यक जनशक्ती परिचालन गर्न, उद्धार तथा सहयोगका सामग्री जुटाउने लगायतका प्रयोजनका लागि नगरपालिकाले विपद व्यवस्थापन कोष स्थापना गरेको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



