शंखडोल खुल्ला अनलाइन काता च्याम्पियनसिप जगत र रोस्मालाई उपाधि
जेठ २ शुक्रवार, २०७७
खोटाङ । प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगिताको उपाधि जगतसिंह धानुक र रोस्मा राईले जितेका छन् । गोकर्णेश्वर नगरपालिकास्थित शंखडोल डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ पुरुषतर्फ धनगढी डोजोका जगतसिंह धानुक र महिलातर्फ खोटाङकी रोस्मा राई प्रथम भएका हुन् ।
२१ जनालाई पछि पारेका धनगढी डोजोका धानुकले कूल २४.५ अंक ल्याएर पहिलो भएका हुन् । पुरुषतर्फ बालाजु डो एकेडेमीका धिरेस श्रेष्ठ २३ अंकसहित दोश्रो तथा नरहरी डोजोका स्वर्णिम मानन्धर २२.०५ अंक ल्याएर तेश्रो भए ।
प्रतियोगिताको महिलातर्फ खोटाङ्गकी रोस्मा राईले २४.५ अंक ल्याएर प्रथम भईन् । महिलातर्फ धनगढी कराँते एकेडेमीकी वर्ष राउत दोश्रो तथा एपीएफकी सरिता श्रेष्ठ तेश्रो भईन् । यस विधामा कुल ११ महिला खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उदियमान खेलाडीको उपाधि लैनचौर डोजोका रेहान जावेद बने भने सुर्खेतका ५२ वर्षका खेलाडी प्रदिप राईलाई मच्योर खेलाडी उपाधि दिईएको छ । प्रतियोगितामा दुबै विधामा प्रथम हुने खेलाडीले जनही १२ हजार पाँच सय प्राप्त गरे भने दोश्रो हुनेले ६ हजार पाँच सय र तेश्रो हुनेले ४ हजार रुपैयाँ जनही प्राप्त गरेका छन् ।
कोरोना भाइरसका कारण कराँतेको गतिविधि हुन नसकिरहेको अवस्थामा शंखडोल डोजोले भर्चअल अनलाईन प्रतियोगिताको आयोजना गरेको हो । आयोजकले देशब्यापी रुपमा रहेको कराँते खेलाडीहरुलाई आफैले भिडियो बनाएर फेसबुकमा पोस्ट गर्न आग्रह गरेको थियो ।
सहभागि खेलाडीहरुले जेठ १ गते बेलुकी ५ बजेभित्र आयोजकले तोकेको समयमा भिडियो पोस्ट गरेका थिए । प्रतियोगितामा १३औं दक्षिण एशियाली खेलकुदमा करातेतर्फ दोहोरो स्वर्ण जित्न सफल खेलाडी मण्डेकाजी श्रेष्ठले निर्णयकको भुमिका निर्वाह गरेका थिए । उनले नै खेलाडीहरुले अनलाईन मार्फत पठाएका काताँको मुल्यांकन गरेका हुन् ।
प्रतियोगिताका विजेतालाई प्रदान गरिएको पुरस्कार राशिका लागि नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



