अनलाईन महिला काँतामा खोटाङकी रोश्मा प्रथम
जेठ २ शुक्रवार, २०७७
खोटाङ । प्रथम शंखडोल खुला अनलाईन महिला काँतामा खोटाङकी रोश्मा राई प्रथम भएकी छन् । काठ्माण्डौंको गोकर्णेश्वर नगरपालिकास्थित शंखडोल डोजोको आयोजनामा भएको प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगितामा ११ प्रतिष्पर्धीलाई उछिन्दै रोश्माले महिलातर्फको प्रथम उपाधि जितेकी हुन् । अनलाईन महिला काँतामा धनगढी कराँते एकेडेमीकी वर्षा राउत दोश्रो तथा शसस्त्रकी सरिता श्रेष्ठ तेश्रो भएको आयोजक शंखडोल डोजोले जनाएको छ ।
प्रतियोगीताको पुरुष काँतातर्फ धनगढीका जगतसिंह धानुकले २१ प्रतिष्पर्धीलाई पछि पार्दै प्रथम स्थान प्राप्त गरेका छन् । पुरुष काँतामा बालाजु डो एकेडेमीका धिरेस श्रेष्ठ दोश्रो र नरहरी डोजोका स्वर्णिम मानन्धर तेश्रो भएको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले जनही १२ हजार ५ सय, ६ हजार ५ सय र ४ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा उदियमान खेलाडीको उपाधि लैनचौर डोजोका रेहान जावेद र मेच्योर खेलाडीको उपाधि सुर्खेतका ५२ वर्षीय प्रदिप राईले पाएका छन् ।
कोरोना भाइरसका कारण खुला स्टेजमा प्रतियोगीता गर्ने वातावरण नभएको अवस्थामा शंखडोल डोजोले भर्चुअल काँता प्रतियोगिता गरेको हो । देशब्यापीरुपमा जेठ १ गतेभित्र भिडियो बनाएर फेसबुकमा पोस्ट गर्न आग्रह गरेपछि करातेका खेलाडीले पोष्ट गरेको काँताको भिडियोको आधारमा प्रतियोगीता गराइएको आयोजकले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



