बैंकिङ कारोबारका लागि कार्यतालिका
जेठ ४ आइतवार, २०७७
खोटाङ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति बैठकले लकडाउनको अवधिमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ कारोबारका लागि कार्य तालिका बनाएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले जिल्लामा सञ्चालित विभिन्न बैंकको कारोबार गर्ने कार्यतालिका निर्धारण गरेको हो । राष्ट्रिय बाणिज्य बैंकले आईतबार, मंगलबार र बिहीबार कारोबार गर्ने गरी कार्यतालिका बनाइएको समन्वय समितिका प्रमुख ववि चाम्लिङले बताए ।
यस्तै, कृषि विकास बैंक, सेञ्चुरी बैंक, बैंक अफ काड्माण्डौं र एसविआई बैंकले आईतबार र बुधबार कारोबार गर्ने कार्यतालिका बनाइएको छ । एनआइसी एसिया बैंक, सालपा विकास बैंक र सनराईज बैंकले सोमबार र बिहीबार, ग्लोवल आइएमई बैंक, ज्योति विकास बैंक, माछापुच्छ«े बैंक र सानिमा बैंकले मंगलबार र शुक्रबार कारोबार गर्ने कार्यतालिका बनाइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



