आयुर्वेद स्वास्थ्य शिविरमा सर्वसाधारण लाभान्वित
खोटाङ । खोटाङको हलेसीमा आयोजना गरिएको निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरमा ३२६ स्थानीयले निशुल्क उपचार सेवा पाएका छन् । हलेसी तुवाचुङ नगरपालिका र हलेसी आयुर्बेद औषधालयको संयूक्त आयोजनामा शनिवार सञ्चालन गरिएको निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरमा १७९ महिला र १४७ पुरुषले स्वास्थ्य जाँचका साथै निशुल्क औषधि पाएका हुन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित आयुर्वेद पञ्चकर्म शाखामा निशुल्क बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुँदा स्थानीय लाभान्वित भएका छन् । शिविरमा उच्च रक्तचाप, पाठेघर, नशा सम्बन्धी समस्या, यूरिक एसिड, पायल्स, ग्याँस्ट्रिक, दम, सुगर, जण्डिस लागायतका समस्या भएका विरामीले सेवा पाएको हलेसी आयुर्वेद औषधालयका प्रमुख राजेन्द्र पोखरेलले वताए ।

स्वास्थ्य शिविरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य शिक्षा प्रमुख डा.राधिका थपलिया, आयुर्वेद कन्सल्ट्यान्ट विज्ञ डा.मुनकर्ण थापा, काया चिकित्सा विशेषज्ञ डा.नदन कँडेल लगायतको टोलीले बिरामीको स्वास्थ्य जाँचका साथै औषधि वितरण गरेका हुन् ।

विभिन्न शारीरिक समस्या झेलिरहेका सर्वसाधारणलाई गाउँमै आयुर्वेद स्वास्थ्य सेवाका लागि निशुल्क शिविरको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



