कोरोना विरुद्धको अभियानमा सकरात्मक बन्न आग्रह
जेठ ७ बुधवार, २०७७
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना संक्रमित भेटिएको विषयमा सामाजिक सञ्जालमा अनावश्यक बादविवादमा नउत्रन आग्रह गरिएको छ ।
लकडाउनको बीचमा काठ्माण्डौंबाट घर ल्याइएका एक युवालाई कोरोना संक्रमण भएको पूष्टी भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा उत्रिएर नकरात्मक धारणा फैलाउने काम भएको भन्दै नगरपालिका तथा नगरपालिकाका चार राजनैतिक दलले संयुक्त विज्ञप्तिमार्फत नकरात्मक टिका–टिप्पणी नगर्न/नगराउन आग्रह गरेको हो ।
नगरप्रमुख इवन राई, नेकपाका प्रतिनिधि डिल्ली चाम्लिङ, कांग्रेसका प्रतिनिधि चक्रकुमार राई, समाजवादी पार्टीका प्रतिनिधि मविन्द्र राई र राप्रपाका प्रतिनिधि पेशल बस्नेतले बुधबार जारी गरेको विज्ञप्तिमा आरोप–प्रत्यारोपको सट्टा सकरात्मक बनेर कोरोना भाइरस विरुद्ध एकतावद्ध हुन आग्रह गरिएको छ ।
‘एक जनाको पोजिटिभ रिपोर्ट देखिएको विषयलाई लिएर नकरात्मक धारणा फैलाउने, घृणा पैदा गर्ने र कार्य सम्पादनमा हतोत्साहित बनाउने जस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको कारण जोखिममा परेका नगरबासीलाई सर्वदलीय सहयोगमा उद्धार गरिएको विषयलाई सामाजिक सञ्जालमा नकरात्मक टिकाटिप्पणी नगर्न/नगराउन अनुरोध गर्दछौँ ।’
संक्रमण भित्रिने भएकाले काठ्माण्डौंमा बसिरहेका व्यक्तिलाई गाउँमा ल्याउन नहुने तथा लकडाउनका कारण काठ्माण्डौंमा बसिरहेका सर्वसाधारणको अवस्था नाजुक भएकाले उद्धार गरेर गाउँ ल्याउनुपर्ने दुई थरी धारणाकाबीचमा बैशाख ५ गते नगरपालिकामा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले काठ्माण्डौंमा बसिरहेका व्यक्तीलाई गाउँ ल्याउने निर्णय गरेको थियो ।
सो सर्वदलीय निर्णय अनुशार १४ दिन होम क्वारेन्टाइनमा बस्ने शर्तमा लकडाउनको मारमा परेका १ हजार २६७ नागरिकलाई काठ्माण्डौंबाट बैसाख ११ र १२ गते नगरपालिका भित्र्याइएको थियो ।
बा ४ ख २२११ नम्बरको बसमार्फत घर आएका युवालाई कोरोना संक्रमण भएको पूष्टी भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा दोहोरी चलिरहेको छ ।
काठ्माण्डौंबाट नगरबासीलाई घर पठाउन युवा नेता रमेश पौडेल, जितेन्द्र ठकुरी, राजुबिक्रम चाम्लिङ, दयाराम राई लगायतले समन्वय गरेका थिए ।
नगरपालिका तथा नगरपालिकामा अस्तित्वमा रहेका राजनैतिक दलका नेताले अनावश्यक टिकाटिप्पणीमा समय बिताउनुभन्दा कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा समय खर्च गर्न आग्रह गरेको नगरप्रमुख राईले बताए ।
‘कोरोना रोकथाम तथा नियन्त्रण गर्नु सबैको दायित्व हो । यो सबैको परिक्षाको घडी पनि हो,’ नगरप्रमुख राईले भने, ‘सामाजिक सञ्जालमा नकरात्मक धारणा फैलाउने र घृणा पैदा गर्ने काम छाडेर महामारी विरुद्ध उभिनु सबैको दायित्व हो ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



