नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा सञ्जित
नयाँ शक्ति विद्यार्थी युनियनका निर्वाचित पदाधिकारी ।
खोटाङ । नयाँ शक्ति नेपाल निकट नयाँ शक्ति विद्यार्थी युनियन खोटाङको अध्यक्षमा सञ्जित राई चयन भएका छन् । सोल्मास्थित शुभम फाउण्डेसनमा शुक्रवार र शनिवार चलेको प्रथम जिल्ला सम्मेलनले सञ्जितको अध्यक्षतामा २१ सदस्यीय नयाँ शक्ति विद्यार्थी युनियन गठन गरेको छ । नयाँ शक्ति विद्यार्थी युनियनको उपाध्यक्षमा रोशन राई र सिर्जना राई, सचिवमा यशोधा तिम्सिना, सहसचिवमा खेम तोलाङ्गी र कोषाध्यक्षमा निर्मला श्रेष्ठ चयन भएका छन् ।
‘अग्रगामी शैक्षिक रुपान्तरणका लागि नयाँ शक्ति विद्यार्थी आन्दोलन, विज्ञान र प्रविधिमा आधारित नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम जिल्ला सम्मेलन’ भन्ने नारा सहित सम्पन्न सम्मेलनमा १५३ प्रतिनिधि र पर्ययवेक्षको उपस्थिति रहेको थियो ।
नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष तारा शर्मा, महासचिव नेत्र चापागाई, प्रदेश इन्चार्ज दिनेश दंगाल, प्रदेश संयोजक कमल पोखरेल लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका लागि नयाँ शक्तिका प्रवत्ता डम्बर खतिवडा, वरिष्ठ नेता मदन राई, केन्द्रीय कार्यकारी सदस्य राजु केसी लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलनले संगठन विस्तारलाई तिब्रता प्रदान गर्ने, विद्यार्थीलाई वैचारिक र राजनैतिक प्रशिक्षण प्रदान गर्ने, शैक्षिक संस्थामा भएका विकृति विरुद्ध सिर्जनशिल तरिकाले प्रस्तुत हुने, सुशासनका पक्षमा वकालत गर्ने लगायतका निर्णय पारित गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



