बदमासी ढाकछोप गर्न मिडियाबाजी भयो : हिमाल एफ.एम

 

 

जेठ बिहीवार, २०७७
खोटाङ रेडियोको एन्टेना भाँचेर चोरी गरेको विषयमा केही  अनलाइन पोर्टलमा प्रकाशन गरिएको भ्रामक समाचारप्रति हिमाल एफ.एमले ध्यानाकर्षण भएको जनाएको

केही दिनयता केही अनलाइन पोर्टलमा आएको समाचारप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै रेडियोले केही स्थानीयले गरेको बदमासीको ढाकछोप गर्न मिडियाको गलत प्रयोग गर्न खोजिएको भन्दै भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको

ढलेको टावरको पुनर्निर्माणमा एफ.एमको सिंगो ध्यान केन्द्रित भएको बेला उल्टै एफ.एमले लाखौ रकम असुल्न खोजेको भन्ने भ्रम छरि राजनैतिक संरक्षणका भरमा चोरीको घटनाबाट उन्मुक्ति पाउन प्रपञ्च रचेको भन्दै विना गल्ती रकम असुल्न खोजेको आशयको समाचारको खण्डन गर्दै रेडियोले आधिकारिक धारणा बाहिर ल्याएको हो

एन्टेना चोरीको विषय सम्बन्धित स्थानीयले स्विकार गरेर पटक पटक माफी समेत मागेको तर माफी दिन नसकिने भन्दै क्षतिपूर्तिको माग गरिएको विज्ञप्ति मार्फत प्रष्ट पारिएको

स्टेशन म्यानेजर शिखरजंग श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको , ‘टावरमा रहेको सुरक्षा गार्डको आँखा छलेर महत्वपूर्ण समानहरु टुटफुट गराइ घर लानु सामाजिक क्रियाकलाप हो ? सार्वजनिक सञ्चार माध्यमको सम्पत्तिको संरक्षण गर्नुको सट्टा केही गलत मनसाय भएका व्यक्तिले महंगो सामानहरु उल्टै घर लानुलाइ चोरी नभनेर के भन्ने ? अनित्यस्ता कार्यमा संलग्नहरुलाई राजनैतिक संरक्षण गर्ने नियतका साथ केही अनलाइनको प्रयोग गरि ल्याइएको भ्रामक समाचारको खण्डन गर्दछौ

एफ.एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौलाले रकम असुल्ने योजना विफल लगायतका प्रचारमा कुनै सत्यता नभएको विज्ञप्तिमा उल्लेख गरिएको विज्ञप्तिमा भनिएको , ‘करिब एक दशक देखि जनताको न्यायको पक्षमा खबरदारी गरिरहेको हिमाल एफ.एमले कोही व्यक्तिबाट गलत नियतले एक रुपैयाँ पनि लिने छैन