खोटाङमा माछापुच्छ्रेको शाखा रहित सेवा
धितुङमा माछापुच्छ्रे बैंकको शाखा रहित सेवा उद्घाटन गर्दै नगरप्रमुख इवन राई ।
खोटाङ । माछापुच्छ्रे बैंकले खोटाङको दुई स्थानमा शाखा रहित सेवा सुरु गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै गत बैशाखमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा शाखा स्थापना गरेको बैंकले आईतबार बुईपा र धितुङमा शाखा रहित सेवा विस्तार गरेको हो ।
गाउँ–गाउँमा बैंकिङ कारोबार सेवा पु¥याउने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा ३२ औं र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा ३३ औं शाखा रहित सेवा सुरु गरेको हो । बुईपाको शाखा रहित सेवा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ र धितुङको शाखारहित सेवा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गरेका हुन् ।
स्थानीय तहमा हुने आर्थिक कारोबारलाई ध्यानमा राखेर एकैसाथ दुई स्थानमा शाखा रहित सेवा सुरु गरिएको माछापुच्छ्रे बैंक हलेसी शाखाका म्यानेजर खगेन्द्र श्रेष्ठले बताए । यस सँगै माछापुच्छ्रे बैंकले देशभर ३३ वटा शाखा रहित बैंकिङ सेवा सुरु भएको जनाएको छ । माछापुच्छ्रेले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा पनि शाखा रहित सेवा विस्तार गर्ने जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



