सरकारले पत्रकार र सञ्चारमाध्यमलाई राहत प्याकेजको कार्यक्रम घोषणा गर्नुपर्छ : सभापति देउवा
जेठ १३ मंगलवार, २०७७
खोटाङ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई बचाउन सरकारले विशेष राहत प्याकेजको कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसरमा मंगलबार जुम एपमा आयोजना गरिएको भर्चुल कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरी शाखाले निर्माण गरेको युनियन पात्रो एपको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू निकै संकटमा परेकोले पत्रकारका लागि सरकारले राहत कार्यक्रम घोषणा गर्नुपर्ने बताए । उनले भने “साना–ठूला सबै मिडिया हाउस समस्यामा परेका छन् । विज्ञापनको बजार संकटमा छन् त्यसकारण पत्रकारका लागि सरकारले राहत कार्यक्रम घोषणा गर्नुपर्छ ।
सभापति देउवाले कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू निकै संकटमा परेको भन्दै उनीहरूको विषयमा सरकार संवेदनशील हुन आग्रह गरे ।
पत्रकारहरू समेत कोरोनाबाट संक्रमति हुन थालेको बताउँदै “पत्रकारलाई बचाउनुको साटो उल्टै प्रधानमन्त्री नै मिडियाको विरोधमा लागेको देखिन्छ ।” प्रधानमन्त्रीको अभिव्यक्तिहरू मिडियाको विरोधमा आउने गरेको देउवाको भनाइ थियो ।
देउवाले यो संकटका बेला पनि पत्रकारहरूले आफ्नो कर्तव्य निर्वाह गर्दै आएको कुरा सह्रानीय भएको भन्दै मिडियाले भूमिका खेल्नुपर्ने बताए ।
सभापति देउवाले कोरोना परीक्षणको दायरा सरकराले बढाउन नसकेको बताउँदै सभापति देउवाले परीक्षणको दर बढाउनुपर्ने, सरकारले स्वास्थ्य सामग्रीको उपलब्धता समेत बढाउनुपर्छ ।” स्वास्थ्य सामग्री खरिदलगायत विषयमा भएका अनियमितताको विषयहरूसमेत उजागर हुनुपर्ने देउवाको भनाइ थियो ।
सभापति देउवाले नेपाल प्रेस युनियन सुनसरी शाखाले निर्माण गरेको युनियन पात्रो एपको समेत शुभारम्भ गरेका छन् । नेपाल प्रेस युनियन सुनसरी शाखाका अध्यक्ष पवन अधिकारीको नेतृत्वमा निर्माण भएको एपमा नेपाल प्रेस युनियनका गतिविधीका अतिरिक्त समाचार र अन्य जानकारीहरु समेत समेटिएको छ।
नेपाल युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, युनियनका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, देशभरका जिल्ला अध्यक्ष, पूर्व अध्यक्ष, संस्थापक र वरिष्ठ पत्रकार गरी डेढसय भन्दा धेरै सहभागी थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



