च्यास्मीटारमा माछापुच्छ्रेको शाखा रहित सेवा

च्यास्मीटारमा माछापुच्छ्रे बैंकको शाखा रहित सेवा उद्घाटन गर्दै मेयर इवन राई ।

 

खोटाङ ।  माछापुच्छ्रे बैंकले खोटाङको च्यास्मीटारमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै गत बैशाखमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा शाखा स्थापना गरेको बैंकले सोमबार हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार शाखा रहित बैंकिङ सेवा विस्तार गरेको हो ।

 

गाउँ–गाउँमा बैंकिङ कारोवार सेवा पु¥याउने उद्देश्यले च्यास्मीटारमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले माछापुच्छ«े बैंकको शाखा रहित बैंकिङ सेवा उद्घाटन गरेका हुन् । यससँगै मुलुकभर माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवाको संख्या ३४ पुगेको शाखा रहित बैंकका प्रमुख बिकास श्रेष्ठले बताए ।

आईतवार एकैसाथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा ३२ औं र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा ३३ औं शाखा रहित बैंकिङ सेवा सुरु गरेको बैंकले दोश्रो दिन च्यास्मीटारमा ३४ औं शाखा रहित सेवा सुरु गरेको हो । स्थानीय तहमा हुने आर्थिक कारोबारलाई ध्यानमा राखेर दुई दिनको अन्तरालमा तीन शाखा रहित सेवा बिस्तार गरिएको बैंकले जनाएको छ ।

 

शाखा रहित बैंकिङ सेवा अन्तरगत प्रति खाता सञ्चालकले एक पटकमा एक लाखसम्म रकम निकाल्न पाउने र बढिमा दुई लाखसम्म जम्मा गर्न पाउने शाखा रहित बैंकका प्रमुख श्रेष्ठले बताए । शाखा रहित सेवा अन्तरगत रेमीट्यान्स, कर्जा प्रवाह लगायतका सेवा समेत प्रवाह गरिने जनाइएको छ ।

एक दिनअघि मात्र बुईपाको शाखा रहित सेवा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ र धितुङको शाखा रहित बैंकिङ सेवा हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले उद्घाटन गरेका थिए ।