संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न कांग्रेसले शनिबार बोलायो केन्द्रीय कार्य समितिको बैठक

जेठ १५ बिहीवार, २०७७
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न शनिबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्नका लागि शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ ।

आइतबार बसेको कांग्रेसको पदाधिकारी बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको दोहो¥याएको थियो । तर संविधान संशोधनबारे केन्द्रीय समितिबाट औपचारिक निर्णय गर्ने बताएको थियो । प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकमा पनि कांग्रेस केही दिन समय मागेको थियो ।