दशै तथा तिहारको अवशरमा टेम्मामा आयोजित पालिका स्तरिय फुटबल प्रतियोगीता सम्पन्न
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा सञ्चालन गरिएको पालिका स्तरिय फुटबल प्रतियोगीतामा खोटेहाङ गाउँपालिकाको खोटाङ भगवती स्पोर्टस क्लव प्रथम भएको छ । दशै तथा तिहारको अवशरमा अजोज १८ गतेदेखि २१ गतेसम्म कृष्ण मावि टेम्माको प्राङ्गणमा भएको पालिका स्तरिय फुटबल प्रतियोगीतामा खोटेहाङ गाउँपालिका–८ सिम्पानी दोश्रो र आयोजक दिपज्योति युवा क्लव टेम्मा तेश्रो भएका छन् ।
प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टिमले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजारका साथमा शिल्ड ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगीतामा दिपज्योति युवा क्लव टेम्माका खेलाडी गंगा मगरले उत्कृष्ट, खोटाङ भगवती स्पोर्टस क्लवका खेलाडी मनिष राईले अनुशासित र खोटेहाङ गाउँपालिका–८ सिम्पानीका खेलाडी उमेश रोकाले उष्कृष्ट गोलकिपरको उपाधि जितेका छन् ।

दिपज्योति युवा क्लव टेम्माको आयोजनामा कृष्ण माविको प्राङ्गणमा अजोज १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २० टिमको सहभागीता रहेको दिपज्योति युवा क्लव टेम्माका अध्यक्ष खगेन्द्र थापा मगरले जानकारी दिए । फुटबल प्रतियोगीताको अवशरमा टेम्मामा भाग्यशाली चिट्ठा कार्यक्रम पनि गरिएको छ । भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार १९ इन्चको एलइडी टिभी टेम्माका हिरामणी घिमिरेले पाएका छन् भने दोश्रो पुरस्कार सिम्पानीका भूपराज गेलालले सामसुङको जे वान मोवाइल, तेश्रो पुरस्कार छितापोखरीकी सम्झना राईले ब्रान्जी मोवाईल प्र्राप्त गरेकी छन् ।
यस्तै, चौथो पुरस्कार ४ जनालाई सादा मोवाइल सेट र पाँचौ पुरस्कार १०० सयको रिचार्ज कार्ड १० जनालाई दिएको छ । कार्यक्रम वडा अध्यक्ष धनबहादुर थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



