हलेसीमा म्याद गुज्रेका ११ बोरा उपभोग्य सामग्री जफत, २५ व्यवसायीलाई पाँच दिनभित्र प्रशासनमा उपस्थित हुन पत्र काटियो
हलेसीमा गत फागुन २४ गते जफत गरिएको उपभोग्य सामग्री जलाउने तयारी गरिँदै ।
खोटाङ । खोटाङको हलेसी बजारमा म्याद गुज्रेका र अनाधिकृत रुपमा विक्रीमा राखिएका ३० हजार बराबरको उपभोग्य सामग्री जफत गरिएको छ । नजिकिँदै गरेको दशैं तिहारको समयमा हुन सक्ने मूल्य बृद्धि, कालोबजार, कृत्रिम अभाव लगायतका समस्या न्यूनीकरणका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानको हलेसीमा आईतबार गरिएको बजार अनुगमनकाक्रममा म्याद नाघेका ११ बोरा उपभोग्य सामग्री जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एबं बजार अनुगमन समितिका संयोजक सन्तोष सुबेदीले बताए । दिक्तेलमा शुक्रबार बजार अनुगमन गरेको अनुगमन समितिले दुई दिनपछि हलेसी बजारमा पुगेर बजार अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र ईलाका प्रहरी कार्यालयले संयुक्त रुपमा गरेको बजार अनुगमनकाक्रममा म्याद गुज्रेको विस्कुट, चाउचाउ, मसला, चक्लेट लगायतका उपभोग्य सामग्री जफत गर्नुका साथै अनाधिकृत रुपमा विक्रीका लागि राखिएका पेट्रोल सिज गरिएको छ । बजार अनुमनकाक्रममा एक भाँडाकुँडा व्यवसायीले अनाधिकृत रुपमा पेट्रोलको मात्रा घटाएर मिनरल वाटरको बोत्तलमा बिक्रीमा राखिएको पाइएपछि पेट्रोल सिज गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुबेदीले बताए ।
जफत गरिएको सामग्री ईलाका प्रहरी कार्यालय हलेसीमा राखिएको छ । जफत सामग्री जनप्रतिनिधिको रोहवरमा नष्ट गर्ने तयारी गरिएको छ । हलेसीका ४५ वटा खाद्य तथा किराना पशल, ३३ वटा होटल र लज अनुगमन गर्दा अधिकांश पशलमा मूल्या सूची नराखेको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेको, अन्तशुल्क दर्ता नगरी रक्सी र सूर्तीजन्य पदार्थ बिक्री गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
व्यवसाय दर्ता प्रमाण–पत्र नभएका, म्याद नाघेका उपभोग्य सामान बिक्री गरिरहेका, अन्तशुल्क नविकरण नगराएका र अनाधिकृत रुपमा सामान बिक्री बितरण गरिरहेका २५ जना व्यवसायीलाई ५ दिनभित्र जिल्ला प्रशासन कार्यालय मुद्दा शाखामा उपस्थित हुन पत्र काटिएको सुबेदीले बताए ।
‘हलेसीमा विना दर्ताका, दर्ता नविकरण नगरेका, मूल्या सूची नराखेका धेरै पशल भेटियो,’ सहायक प्रजिअ सुबेदीले भने, ‘प्रकृया पुरा नगरी व्यवसाय गरिरहेका व्यवसायीलाई प्रशासनमा बयानका उपस्थित हुन पत्र काटेका छौँ । प्रकृति हेरेर कुनै व्यवसायीलाई ठगी मुद्दासम्म चल्न सक्छ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



