गणतन्त्र दिवश
विप्लवी तेन्जु योन्जन
मुलुकमा गणतन्त्र आगमन भएको
हिजो जस्तै लाग्छ,
दस बर्षे जनयुद्धले
१७ हजार नेपाली सर्वहारा वर्गको
गरिब जनताको छोरा छोरीले
बलिदान दिएर
जन्माएको गणतन्त्रमा
आज गणतन्त्र हैन
देशमा हैकमवाद लादिएको छ ।
धर्म निरपेक्ष देश,
घोषणा गरियो
तर छुवाछुतको नजरले
अझै छोडेको छैन ।
कम्युनिष्टका दक्षिणपन्थी
हाविले देशमा गणतन्त्रको
आभाससम्म गरेको छैन ।
किनकि
उच्च जातको
खोक्रो आदर्श ओढेर
अन्धविश्वास
तलाउमा चुर्लुमा
डुबुल्की मारी रहेको समाजले
गणतन्त्रको औचित्य
गुमाउदै गएको छ ।
यदि गणतन्त्रको
उदय भएको भए
हिजो रुकुममा
नवराज जस्ता दलित
एउटा प्रेमको बिषयलाई लिएर
बरर्बरतापूर्वक मारियो
पोहोर निर्मला पन्तलाई
बलात्कारपछि मारियो
घटनाको छानविनमा
तदारुकता नदेखाकोले
हत्यार उम्किन सफल
यो गणतन्त्र हो त ?
गणतन्त्रमा राजनीति आडमा
फोहोरी खेल खेली रहेछ
तर देशमा गणतन्त्र दिवस मनाई रह्यो ।
कोही इतिहास दोहो¥याउँछु भन्छ
कोही इतिहास विर्सन्छ
पार्टी, संगठन भताभुड्ड
तर पनि देश बनाउँछु भन्छ
यही हो मेरो देशको उपलब्धि गणतन्त्र ?
तिथि, मिति जुरायो
यता उति नीति मिलायोे
विकासको बजेट जम्मै खल्ती भरी
र पनि उस्कै कुरा ठूलो,
विकास भएन विकासको जागरण
चलाउँछु भन्छ
यो मेरा देशको नुनिलो
अराजक गणतन्त्र ।
पार्टी संगठन बाउबाजेको बिर्ता सम्झन्छ
एजेन्डा खै कहाँ गए थाहा छैन
र पनि आन्दोलनमा र चुनावमा
धन सम्पत्ति साट्दै अधिकार दिलाउँछु भन्छ
यस्तै छ मेरो देशको अमिलो दक्षिणपन्थी गणतन्त्र ।
दुई चार जना भेला गफगाफ कुरा काट्यो
सके दुई चार ठाउँबाट सहयोग चन्दा उठायो
संगठन हो या लुटुवा व्यापारको थलो
तर पनि उसकै ठूलो कुरा देश नै चलाउँछु भन्छ ।
एक पार्टीले अर्को पार्टीको
अन्तरद्वन्द्व गराउने भ्रमात्मक छर्ने
यही हो वास्तविक मेरो देशको गुलियो गणतन्त्र ।
भए जति सबै राम्रो उसैलाई चाहिने
पार्टी संगठनमा सबै हैकम जमाउनुपर्ने
भएजति पदमा सके जति समय
आफैले विताउनुपर्ने
र पनि समानता र अरूको हकमा
लडाइँ चलाउँछु भन्छ
मेरो देशको वास्तविक गणतन्त्र ।
हाल स् रेगिस्तान
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



