प्रवासी श्रमजीवी उद्धारको पर्खाइमा
विप्लवी तेन्जु योन्जन
जेठ २० मंगलवार, २०७७
खोटाङ । करिब पाँच महिना पहिले चीन हुवान शहरबाट एक जना बिरामी भेटिएदेखि सुरु भएको कोभिड १९ नामक भाईरस हाल विश्वव्यापी रुपमा महामारी फैलिरहेको कोभिड १९ भनिने कोरोना भाइरसले विश्व आक्रान्त भएको सर्ववितितै छ ।
विश्व मानव जाति र प्राणी जगतलाई नै चुनौती दिरहेको यस भाइरसको रोकथाम तथा नियन्त्रणको लागि अहिलेसम्म विश्वले आ–आफ्नो क्षेत्रबाट अनुसन्धान अगाडि बढाइरहेको छ । तर अथक प्रयास गरिरहँदा पनि यसको रोकथाम गर्न सक्ने कुनै औषधि तथा खोप पत्ता लगाउन सकेका छैनन् । तसर्थ वैकल्पिक रुपमा अहिले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विज्ञहरुका अनुसार सामाजिक एवम् भौतिक दुरी र लकडाउन अर्थात बन्दाबन्दिलाई नै विकल्पको रुपमा अपनाईरहेको छ ।
वल्डोमिटरको तथ्यांकअनुसार हालसम्म विश्वमा २१५ वटा देशमा यो भाईरस फैलिएको छ । करिब ६३ लाख ९ हजार भन्दा बढी संक्रमित भएका छन् भने यसको संक्रमणबाट करिब ३ लाख ६५ हजार १ सय २८ जना भन्दा बढीको मृत्यु भैसकेको छ । त्यस्तैगरी यो रोगबाट २८ लाख ६९ हजार ७ सय ८४ जना उपचार पश्चात ठिक भएर घर फर्किएको छन ।
अमेरिका जस्तो विश्वको शक्तिशाली सप्पन्न देश कोरोनाको सिकार बन्न पुगेको छ । उक्त देशमा हालसम्म १८ लाख ४१ हजार बढी संक्रमीत छन् भने १ लाख ६ हजार बढीको मृत्यु भैसकेको छ भने युरोपियन देशहरु कोरोना संक्रमणको टप टेनमा लिस्टमा देखिएका छन् ।
नेपालमा पनि कोभिड १९ कोरोनाबाट अछुतो रहन सकेन । हालसम्म नेपालमा १ हजार ८ सय भन्दा बढीमा संक्रमित पुष्टि भैसकेको छ भने ८ जनाको मृत्यु भैसकेको छ । यो हामी सबैको लागि दुःखद पक्ष हो साथै अझै बढ्दो क्रममा उकालो लागेको देखिन्छ । किनभने सबैले परीक्षणको दायरा बढाउने हो भने यो भन्दा बढी संक्रमित संख्या आउने आँकलन पनि गरिरहेका छन् ।
नेपालको धेरै भारतसँग खुल्ला सीमा नाका भएको कारण लाखौं श्रमजीवी वर्ग नेपाल–भारत आवतजावत गर्ने भएकाले पनि यो संख्या बढेको देखिन्छ । छिमेकी देश भारतमा हालसम्म १ लाख ९४ हजार बढीमा कोभिड १९ संक्रमण भैसकेको छ भने करिब ५ हजार ४ सय बढीको मृत्यु भैसकेको तथ्य छ ।
वल्डोमिटरको तथ्यांक अनुसार कोभिड १९ संक्रमीत ७ औं स्थानमा भारत रहेको छ । यसले नेपालमा थप जोखिम पार्ने तथ्य देखिन्छ । ताकि लकडाउनसँगै खुल्ला सीमा नाकाबाट राती लुकिछिपी हजारौंको संख्यामा नेपाल प्रवेश गरेको समाचार यत्रतत्र बाहिर आइरहेका छन् । जसको फलस्वरूप सम्वन्धित गाउँ, ठाउँ उच्च जोखिममा नपर्ला भन्न सकिन्न ।
नेपालमा लकडाउन भएको दुई महिना बढी बितिसकेको तपाई हामीलाई अवगतनै छ । तर नेपाल सरकारले उचित सतर्कता नपनाएको होकि भन्ने जनताको ठम्याई छ । लकडाउनको कारण गरिब श्रमजीवी जनताहरु ठूलो मारमा परेका छन् । राहतको ठूलै चर्चा परिचर्चा चलिरहेको छ । तर उचित तरिकाले जुन पाउनुपर्ने व्यक्तिले पाउन सकेको अवस्था छैन ।
भनिन्छ, खुकुरीको चोट अचानोलाई मात्र थाहाँ हुन्छ । लकडाउनले विशेष गरेर काठमाडौं लगायत देशका विभिन्न सहर बजारहरुमा दैनिक ज्यालादारी गर्दै आफ्नो बिहान बेलुकीको गुजारा चलाउँदै कोठाभाडा (डेरा) मा बस्ने श्रमजीवी वर्ग, विद्यार्थी, विपन्न वर्ग, साना ठूला व्यापार व्यवसायीहरुमा ठूलो प्रभाव परेको देखिन्छ ।
रोगले भन्दा भोकले मर्ने स्थिति सृजना भएको छ । केही सुन्दर मनका धनी एवम् मानवीय सहयोगी भावना भएकाहरुले कतिपय ठाउँमा लकडाउनको समयको भाडा नलिने निर्णय गरेका छन् भने कतिपय घरधनीले भाडा नदिएको निहुँमा घरबाट निकाली दिएको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत बाहिर आएका छन् । यस्तो विश्व महासंकटको बेला दानवीय व्यवहार गर्ने मानवताहिन व्यक्तिहरुलाई सरकारले कडा कार्बाही गर्नै पर्छ । होइन भने उनीहरुभित्र मानवीय सहयोगी भावना हुनु जरुरत छ । सबै मिलेर यस महामारीलाई परास्त गर्नु अहिलेको मुख्य आवश्यकता हो ।
देशमा रोजगारको अवसर नहुँदा बाध्यताभित्र आफ्नो मातृभूमिको मायाँ, आफ्नो परिवार, आफ्नो बालबच्चाको भविष्य निर्माणको लागि विदेसिएका लाखौंलाख युवाहरूमा कोभिड १९ ले प्रभावित पारेको छ ।
मलेसिया, कुवेत, कतार, दुवई, ओमन लगायत पूर्वीय देशहरुमा नेपाली कामदार अलपत्र परिरहेका छन् । लकडाउनको कारण अन्तराष्ट्रिय उडान बन्दको कारण आफ्नो देश फर्किन नपाएर बेरोजगार रुपमा होस्टेमा बस्नु विवस छन् । जस्तै करार अवधि सकिएर घर जान तयार भएका साथै लकडाउनले कम्पनी बन्दको कारण तलव नपाउने जस्ता मूख्य समस्याका कारण आफ्नो देश फर्किन चाहँदाचाहँदै पनि फर्कन नपाउँदा कतिपय मानिसहरु डिप्रेशनको सिकार समेत हुन पुगेका छन् । यदि यस्ता समस्याहरुलाई समयमा नै सरकारले जटिलता समस्याको रुपमा लिएर चाँडो भन्दा चाँडो समस्या हल गर्न उद्धारको लागि पहल गर्न नसके भोकमारीले हाहाकार मच्चिने समय आउने निश्चित देखिन्छ ।
नेपालकै सन्दर्भमा हेर्दा अधिकतम मानिसहरू आफ्नो कोठा चाबी लगाएर जन्मथलो गईसकेका छन् भने लकडाउन अगाडि कयौं पूर्वबाट पश्चिमतिर र पश्चिमबाट पूर्वतिरको यात्रामा रहेका मानिसहरु त्यहि ठाउँमा रोकिन बाध्य भएका छन् । यदि सरकारले अझै लकडाउनलाई थप लम्ब्यायो भने आवतजावत गर्न र एकैपटक कोठा भाडा तिर्न सक्ने अवस्था छैन ।
यस सन्दर्भमा सरकारको उचित राहत प्याकेज र उद्दारको पर्खाइमा अधिकतम पीडित जनता अपेक्षाकृत छन् भन्ने कुराको ख्याल राख्नु पर्छ । यसलाई तीनै तहको सरकार र सम्वन्धित निकायले गम्भीरतापूर्वक डाँटा संकलन गरी उचित कदम चालेर जनतालाई उद्दार गरियोस् । जवकि यो भाईरस चीनमा फैलिएको नेपालको लकडाउन भन्दा दोब्बर बढी समय भईसकेको अवस्थामा नेपालमा भाईरस विरुद्ध लड्नका लागि पूर्व तयारी तथा अग्रिम व्यवस्थापनका लागि प्रयाप्त समय हुँदा पनि सरकारले तदारुकता साथ लागि नपर्नुको परिणाम हो, अहिले उत्पन स्थिति ।
विदेशमा खान नपाएकाहरुलाई केही सामाजसेवी, अभियन्ताहरुले सहयोग राहत, खाना उपलब्ध गराएको सोसल मिडियाबाट बाहिर नआएका होइनन् । अनि सबै जनता आफैले गर्न पर्ने भए राज्य र सरकार चाँहि किन र कसका लागि ? गरिव जनताको छोराछोरीले ५६ डिग्रीको घाममा रगत पसिनासँग साटिएको रकमले रेमिटान्स भित्र्याउने अनि उल्टै आफ्नै पैसामा विभिन्न कर असुल्ने, विदेशिएका करिब ६० लाख युवाहरुको रेमिटान्सले तलवभत्ता मात्र पचाउदै दक्षिणपन्थी सोंच हाबी बनाउदै भ्रष्टाचार कमिसनतन्त्रको पक्षमा उभिएर नचाँहिदो उखान टुक्का चुट्दै बस्नको लागि मात्र हो त सरकार ?
अनि गरिव श्रमजीवी जनता चाहिँ नेपाल भित्रै एक छाक खान नपाएर विदेशी दलालको इसारामा यन्त्र चालित गुडिया झंै १४ घण्टादेखि १८ घण्टासम्म खटिने नेपाली नागरिक विदेशबाट स्वदेश फर्किन्छु भन्दा पनि कुनै पहल बिना कानमा तेल लगाए बस्ने ? अनि नेपालभित्रै पनि हजारौं मजदुर लकडाउनको प्रभावले ५/६ दिनको बाटो नाबालक पिठिऊमा च्यापेर रुँदै हिडेको भिडियो सोसल मिडियामा भाइरल हुँदा अलिकति पनि पिडाको महसुस र चिन्तन मनन् गर्न नसक्ने सरकार ? कोहि खान नपाएर नेपालभित्रै सडकमा ज्यान गुमाएका समाचार नछापिएका होइनन् ।
नेपालमा रोजगारीको अभावले भारत लगाएत कुवेत, साउदी, कतार, दुवई, मलेसिया आदि पूर्वीय देशमा कार्यरत लाखौं श्रमजीवी नेपाली नागरिकहरु अलपत्र परेका छन् । कतिपय ठाउँमा त्यस देशशका स्थानीय बासिन्दाहरुद्वारा हेपिएका, कुटिएका छन् भने खान नपाएर दर्दानाक स्थिति भएको समाचार बाहिर आइरहेको बेला नेपाल सरकार भने सुने पनि नसुने झंै गरि कानमा तेल हालेर बसिरहनु दुःखद कुरा हो । सधै उखान टुक्का अनि खोक्रो भाषण र भ्रष्टाचार कमिसनतन्त्रको कार्यलाई समर्थन दिदै समय वर्वाद परिरहेका छन् ।
नेपाल सरकारले व्यवस्था गर्दै छ, तयारी हुँदैछ जस्ता आश्वासन मात्र दिएर बस्ने कि काम पनि गर्ने ? यो आवाज कुनै म एउटा व्यक्तिको मात्र होइन बिदेशी भूमिमा रहेका लाखौं पीडित श्रमजीवी जनताको दुःखको बेदना हो । चुनावको समयमा मात्र सर्वहारा श्रमजीवी वर्गको चर्को नारा लगाउने माथि पुगेपछि आफ्नो कुर्सीको लागि मात्र लडिरहेने नेताहरूले जनताको दुःख पीडामा मलम लगाउनु पर्छ कि पर्दैन ? यो प्रश्न सरकारलाई हो । तिनै गरिव श्रमजीवी जनताको भोटले सत्तामा पुग्न मरिहत्ते गर्ने अनि सत्तामा पुगेपछि आफ्नो स्वार्थमा लिप्त भएर केवल कुर्सीको रक्षामा गफ मात्र चुटेर बस्ने हैन । पहिला त काम गर्नु पर्छ ।
नेपाल सरकारमा यदि साच्चै राष्ट्र र राष्ट्रियता छ भने विदेशमा पिडामा रहेका आफ्ना नागरिकहरुलाई सुरक्षित तरिकाले नेपाल फर्काउन सक्नु पर्छ । आट गरे के हँुदैन । यसको ज्वालन्त उदाहरण भुटान सरकारले आफ्नो देशका एक जना नागरिकलाई राष्ट्रिय धोजा बाहक जहाज चार्टर्ड गरेर लान सक्छ भने हाम्रो नेपाल सरकारले किन सक्दैन ?
यी माथि उल्लेखित सन्दर्भ र जनगुनासोहरुलाई सुरुदेखि नै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका शीर्ष नेता डा. बाबुराम भट्टराईले उठान गर्दै सर्वदलीय, सर्वपक्षीय समिति बनाएर कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा लाग्न सरकारलाई आग्रह गरिसकेका छन् । नेपाललाई कोरोना विरुद्ध लड्न युरोपियन युनियनले ९ अर्व ८० करोड दिने घोषणा, त्यस्तै गरी अन्य थुप्रै दातृराष्ट्र र विश्व बैंक, वितीय संस्थाले दिने भनिएको राहत स्वरुप अर्वौं रकम र विदेशी ऋण कतै मन्त्री, सांसदको तलबभत्ता बाँड्दै सकियो भन्न सक्नुपर्छ ।
होइन भने यो समयसम्म पनि ती अलपत्र परेका गरिव श्रमजीवी जनताको व्यवस्थित तवरले किन राहत तथा उद्दार गर्न सकिरहेको छैन ? अनि खुल्ला सीमा नाकाको कारण भारतबाट राती लुकिछिपी अनियन्त्रित भएर हजारौं नेपाली श्रमिकहरु आइरहेका छन् भन्ने यत्रतत्र समाचार आएको छ । यसले थप भयावह रुप लिन सक्ने शंका उब्जिएको छ ।
यस सन्दर्भमा राज्य सरकारले क्वारेन्टाइन, अस्थायी कोरोना अस्पताल, स्वास्थ्य सामग्री, आइसोलेसन वार्ड आदि यथाशिघ्र अग्रिम व्यवस्था गर्दै भारत लगाएत अन्य विदेशमा अलपत्र परेका लाखौं नेपाली श्रमजीवी नागरिकको उद्दार गर्नेतिर बेलैमा ध्यान दिइयोस् ।
गरिव श्रमजीवी वर्ग, उत्पीडित समुदायमा वास्तविक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको आभास दिलाईयोस् । यो विषम परिस्थितिमा एकले अर्कालाई आरोप–प्रत्यारोप लगाउनु भन्दा मिलेर कोरोनाको सामाना गर्नु उचित हुनेछ ।
नेपाल सरकारको सकारात्मक असल कर्म र कदमको प्रशंसक बनौं र नकारात्मक कर्म र कदमको आलोचक बनौं । हामी सबैले आ–आफ्नो क्षेत्रमा जिम्मेवारी बहन गर्दै कोभिड १९ भनिने कोरोना भाइरस रोगको नियन्त्रण तथा रोकथामका निमित्त विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ), सम्वन्धित निकाय र नेपाल सरकारको निर्देशन, नियमहरु पालना गरी कोभिड १९ विरुद्धको लडाई जितौ । सामाजिक एवम् भौतिक दुरी कायम गरौं, समय समयमा साबुन पानीले हात धोऔं । आफू पनि बाँचौ र अरुलाई पनि बचाऔं । घरमै सुरक्षित रहौं । धन्यवाद (लेखक योन्जन दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी खोटाङका बासिन्दा हुन् । हाल : रेगिस्तान ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



