नवराजसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न नेबिसंघको माग
जेठ २३ शुक्रबार, २०७७
खोटाङ । नेपाल विद्यार्थी संघ खोटाङले जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याएर कारबाही गर्न माग गरेको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै नेबिसंघले आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई स्वतन्त्र र निष्पक्ष छानबीन गरी कडाभन्दा कडा कारबाही माग गरेको हो ।
नेबिसंघका सभापति राजकुमार बस्नेतले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई बुझाएको ज्ञापन–पत्रमा सरकारका उच्चपदस्थ व्यक्तीहरु तथा पुर्वगृहमन्त्री स्वयं नै घट्नाको ढाकछोपमा लाग्नु निन्दनीय भएको उल्लेख छ ।
अझ सञ्चार माध्यमले बाहिर ल्याएका यथार्थ प्रमाणहरुलाई नै झुटा हुन् भन्ने आशयले सरकारका महान्यायधिवक्ता प्रस्तुत हुनु आफैमा दुखद भएको नेबिसंघका सभापति बस्नेतले बताए ।
वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तीले पश्चिमरुकुम घट्नालाई गम्भीरतापुर्वक नलिँदा नवराज सहितका युवाको अवस्था निर्मला पन्तकै हालत हुने आशंका जन्माएको नेबिसंघले जनाएको छ ।
‘स्वयं सरकारका उच्चपदस्थ व्यक्ती नै घट्नाको ढाकछोपमा लाग्नु निन्दनीय छ । सञ्चार माध्यमले बाहिर ल्याएका यथार्थ प्रमाणलाई झुटा हुन् भन्ने आशयले महान्यायधिवक्ता प्रस्तुत हुनु आफैमा दुखद छ,’ बस्नेतले भने, ‘यस्ता कारणहरुले यो घटना पनि निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डजस्तै बाघन्यायकै सिद्धान्तमा आधारित हुने त होईन भन्ने आशंका उव्जाएको छ ।’
नेबिसंघले दोषीमाथि कडा भन्दा कडा कारबाही गरी भविष्यमा यस्ता निन्दनिय घटना नघटुन् भन्नेतर्फ सरकारलाई जिम्मेवार ढंगबाट कदम चाल्न आग्रह गरेको छ ।
ज्ञापन–पत्रमा प्रेम सम्वन्धलाई जातियतासँग जोड्नु र वडाध्यक्षकै नेतृत्वमा अपराधिक घटना घटाउनु वा उक्साहट गराउनु निन्दनीय भनिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



