फेसबुकले थप्यो फोटो र भिडियोमा नयाँ सुविधा, यस्तो छ प्रयोग गर्ने तरिका
जेठ २४ शनिबार, २०७७
खोटाङ । विश्वभर अत्यधिक प्रयोग भइरहेको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ। गत अप्रिल अमेरिका र क्यानडामा फेसबुकले सुरु गरेको नयाँ सुविधा अहिले भने विश्वभरकै लागि खुला गरेको जनाएको हो।
अमेरिका र क्यानडाका प्रयोगकर्ताका टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी बनाएको हो। नयाँ सुविधाअनुसार फेसबुकमा राखिएका फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर संग्रह गर्न सकिने भएको छ।
फेसबुकबाट गुगलमा फोटो सार्न केही प्रक्रिया अपनाउनुपर्ने कम्पनीले जनाएको छ। गुगलमा फोटो सार्न फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’मा जानुपर्नेछ। त्यसका लागि सेटिङमा जानुपर्छ।
त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ। त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीको भनाइ छ। फोटो सार्ने सेवा सुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ।
आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकका फोटा ‘गुगल फोटोज’मा सार्न सक्नेछन्। रासस/एएनआई
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



