ऐसेलुखर्कमा चौरी पालन प्रवर्धन

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चौरी पालन व्यवसाय प्रवर्धनको काम थालेको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल बाहानेमा भइरहेको चौरी पालन व्यवसायलाई व्यवसायिकरण एबं पर्यटन प्रवर्धन गर्दै आर्थिक आम्दानीका लागि गाउँपालिकाले प्रोत्साहनमूलक काम थालेको जनाएको छ ।

चौरी पालन हुने क्षेत्र र चौरी पालन गरिरहेका किसानको पहिचान गरेर संरक्षण र प्रवद्र्धनात्मक काम थालिएको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले बताए ।

गाउँपालिकाको केन्द्रबाट एक दिनको पैदल यात्रापछि पुगिने सो स्थानमा काजी शेर्पाले ३० वटा चौरी गाई र एक वटा बीउ गोरु तथा लाक्पा शेर्पाले २० वटा चौरी गाई र एक वटा गोरु पालन गरिरहेका छन् ।

चौरी पालक किसानको माग अनुसार बुधबार गोठ बनाउने प्लाष्टिक, दुध दुहुने बाल्टिन, औषधि लगायत प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत जीवन निरौलाले बताए ।