दलितमाथिको विभेद अन्त्य दलितबाटै हुनुपर्छ

तीर्थवहादुर कार्की

जेठ २४ शनिवार, २०७७
खोटाङ । विश्वमा भएका विभिन्न राष्ट्रहरुमध्ये नेपाल एक भुपरिबेष्ठित बहुजातीय, बहुभाषिक, बहुधार्मिक राष्ट्रको रुपमा चिनिन्छ । नेपालमा विभिन्न प्रदेश, जिल्ला अनुसार फरक फरक किसिमको हावापानी पाइन्छ । ठाउँ अनुसार विभिन्न जातजाती, भाषा धर्मका मानिसहरु बसोबास गर्छन् । ठाउँ अनुसारको विविध खालको संस्कृतिहरु छन् । आफ्नै किसिमका पहिचानहरु छन् ।

नेपालमा २०६८ सालको जनगणना अनुसार दुई करोड ६४ लाख ९४ हजार ५०४ नेपालको कुल जनसंख्या रहेको छ । यी कुल जनसंख्य भित्र विभिन्न जातजातिहरु रहेका छन् । नेपालमा अहिले यस्तै विभिन्न जातजातिहरु भएको कारण बेलामा बेलामा एक जात र अर्को जात बिच अनेक कारणले विवाद, झैझगडा र हत्या समेत हुने गरेको कुरा हामीले हाम्रो समाजमा देखिरहेका छौं । धेरै जसो हाम्रो समाजमा तल्लो जाती भनेर चिनिने गरेका दलित र गैरदलितहरुको बिचमा यस्ता मनमुटाव र झगडा भएको पाइन्छ ।

नेपालको कुल जनसन्ख्या मध्ये १३.५ प्रतिशत जनसंख्या दलितहरुको रहेको छ । अहिले प्रदेशमा पनि ५.८२ प्रतिशतले दलितहरुको सहभागिता रहेको तथ्यांकले देखाएको छ । तर पनि बेला बेलामा दलितमाथि भएको भेदभावको घटनाले सञ्चारमाध्यम र जनमानसमा पनि चर्चाकै विषय बनिरहेको हुन्छ ।

कतिपय ठाउँमा जब विवाद हुन्छ भने त्यहाँ जातिय भेदभावको कुरा जोडिन्छ । तर के साच्चै नै विवाद दलित गैरदलित भएकै कारण भएको हा ेत भनेर आफैले आफैलाई प्रश्न गर्न पनि हामी बाध्य हुने गरेका छौ । हुनत हाम्रो समाजले परापूर्व कालदेखि नै विभिन्न जातजाती भनेर जब छुट्टयायो त्यहिबाट छुवाछूत प्रथा सुरु भएको पाइन्छ ।

लेखहरु पढ्दा मल्ल राजाहरुको पालामा नै यो प्रथा सुरु भएको पाइन्छ । कामको आधारमा जातजातिको विभाजन गरिएको भन्ने बुझिन्छ । उदाहरणको लागि राजा जयस्थिति मल्लको पालामा एकजना व्यक्तिले जुत्ता बनाएर राजालाइ सुम्पिन्छ्न राजाले त्यो जुत्ता लगाएर गद्दिमा जान्छन अनि त्यही नजिकै त्यो जुत्ता फुकालेर राख्छ्न र दरबारमा रहेको कुकुरले टोकेर त्यो जुत्ता च्यात्छ । राजाले दरबारमा रहेका अरु भारदारलाई सोध्दा त्यो जुत्ता छालाको भएको कारणले कुकुरले टोकेको भनी बताउछन् ।

राजाले ती जुत्ता बनाउने व्यक्तिलाइ तैले बनाएको यो जुत्त ात यो कुकुर भन्दानी तलको रहेछ भनेर गाली गर्छन र त्यहाँ नआउनु र केही पनि नछुनु भनी हुकुम गरेको र त्यहिबाट छुनु हुँदैन, छोएको खानु हुँदैन भनेर नियम बसेको पाइछ । अरु फलामका हतियार बनाउने, कपडा सिलाउनेहरुमा पनि यसरी नै छुवाछूतको प्रथा बनेको इतिहास छ ।

अहिलेको एक्काइसांै सताब्दिको समयमा छुवाछुतको विषय चलिरहनु पक्कै पनि चिन्ता जनक कुरा हो । यो विभेद हुनु हँुदैन भनेर दलित गैरदलित सबैले आवाज उठाएको र समर्थन गरेको पाइन्छ । तर यति हुँदाहुँदै पनि यो अन्तय हुन सकिरहेको छैन् । मलाई लाग्छ हामीले यो छुवाछुत प्रथा अन्त्य गर्ने कुरामा दलितहरु भित्रै पनि एक किसिमको स्वार्थ लुकेको छ ।

साथसाथै हामीले यो अन्त्य गर्न कहाँबाट सुरु गर्ने, कसरी गर्ने र उत्परिवर्तन हैन परिवर्तनको शैली प्रयोग गरेर जानु पर्छ भनेर बुझेका छैनौ र समस्याको उचित समाधानको बाटो अनि तरिका अपनाएनौ कि जस्तो लाग्छ । दुनियामा सबैभन्दा ठूलो शक्ति मन, सोचविचार हो अनि यसको प्रयोगमा हुन्छ । हामीले यो भेदभाव अन्तय गर्नको लागि सबैभन्दा पहिला मान्छेको सोँचलाई परिवर्तन गर्नुपर्छ अनि सबैमा परिवर्तन आउँछ भन्ने मेरो ठम्याइ छ ।

जब मान्छेले कुनैपनि काम गर्नु छ भने सवभन्दा पहिला त्यो काम गर्नको लागि उसभित्र त्यो काम गर्ने मन र इच्छा हुनु जरुरी छ अनि मात्र त्यो काम उसले गर्न सक्छ । यसको सहि ठाउँबाट सुरुवात र सहि तरिका अपनाइनु जरुरी छ । यदि साच्चै नै जातिय भेदभाव अन्य गर्न हामी चाइरहेका छौ भने उचित र सहि ठाउँबाट सुरु गर्नु नितान्त आवश्यक छ । क्रमिक रुपमा पहिला मान्छेको सोँचलाइ परिवर्तन गर्ने अन्तरजातिय विवाहको कुरामा दलितभित्र पनि साना र ठूला जाती छन् तिनै ठूलाजातका दलितले साना जातका दलितले पकाएको खाउ, साना जातका दलितसंग वैवाहिक सम्बन्ध जोडौ जुन उदाहरण हुनेछ र समाजका अरु व्यक्तिले पनि सिक्ने छन् ।

विस्तारै अरु पनि त्यो उदाहरण देखेर साँेचमा पविर्तित हुने छन् र समुदाय समाज र सिङ्गो राष्ट्रनै छुवाछुतको भ्रमबाट मुक्त हुने छ । परिवर्तन जहिले आफूबाट सुरु गर्ने हो र अन्त्य मात्र अरुसम्म पुगेर गर्ने हो । हामी क्रमिक रुपमा परिवर्तन नगरेर आफैंभित्र परिवर्तन नगरेर उदाहरण साना र ठूला जातभित्रै परिवर्तन नगर्ने तर हाल भइरहेको जस्तो दलितले गैर दलितको परिवारसंग मात्रै सम्बन्ध जोडेर परिवर्तन हैन उत परिवर्तनतिर मात्र लाग्यौ भने यो परिवर्तन सम्भव छैन ।

किनकी दलितभित्र पनि यस्ता भेदभावहरु प्रसस्तै छन् । जुन कुरा हत्पत बाहिर आउदैनन् । एउटा दलितलले छोएको अर्को दलितले खादैन एउटा दलितको छोरा वा छोरीसंग अर्को ठूलो जातको दलितले सानो जातको दलितसँग सम्वन्ध जा्ड्दैनन अब भन्नुस दलित जो आफै यो समस्याबाट गुज्रिएको छ उ आफै त परिवर्तन हुन सक्दैन भने अरु कसरी परिवर्तन हुन्छ्न ।

अहिले जातिय भेदभाव अन्त्य गर्न विभिन्न दलित अभियान्ता र दलितसंग जोडिएका संघसंस्था पनि प्रशस्तै लागेको पाइन्छ तर उनिहरुले समाधानको सहि स्थान र बाटो रोजेको पाइँदैन । छुवाछुत प्रथाको पूर्ण रुपमा दोष समाज कानुन र गैरदलितलाई मात्र दिएको पाइन्छ । यो सबै कुरा हेर्ने हो भने दलितको विषयमा आवाज उठाई रहेका अभियान्ताहरुले पनि सहि ठाउँबाट सुरुवात गर्न सहि तरिका अपनाउन नसकेको र अपनाउन पनि नचाहेको होकि जस्तो भान हुन्छ ।

अरु कुरा जेसुकै भएतापनि र जसले जे भने पनि यो जातिय भेदभाव अन्त्य गर्नको लागि सबैको मानसिकता नै भेदभाव तिरै भएकाले सचेततामुलक अभियान चलाएर जनमानसमा भएको सोँच परिवर्तन गर्नतिर लाग्यौ र परिवर्तन आफै उदाहरण बनेर समस्याको जिरो बिन्दुबाटै सुरु गर्न लाग्यौ भने पक्कै पनि चाडै नै यो जातिय भेदभाव अन्त्य हुनेछ ।