मोहोरिया–पोखरे–जामुने विद्युत विस्तार आयोजना उद्घाटन
खोटाङ । खोटाङको याम्खामा बिद्युतको केन्द्रिय विद्युत प्रशारणलाईन बिस्तार गरिएको छ । दिपु्रङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको साबिकको याम्खा–६ र ८ मा दिक्तेल–गाईघाट ३३ केभी प्रशारणलाईन अन्तरगतको विद्युत विस्तार गरिएको हो । सबै वडालाई उज्यालो बनाउने अभियानकाक्रममा गाउँपालिका प्रमुख भूपेन्द्र राईले मोहोरिया–पोखरे–जामुने विद्युत विस्तार आयोजना उद्घाटन गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले पोल उपलव्ध गराएपछि र गाउँपालिकाको आ.व. २०७४/०७५ को १२ लाख ५० हजारको लागतमा तार लगायतका सामग्री खरिद गरी विद्युत सञ्चालनमा ल्याइएको हो । केन्द्रिय विद्युत प्रशारणलाईन सञ्चालनमा आएपछि ७५ घरधुरी लाभान्वित भएको विद्युत विस्तार समितिकी अध्यक्ष सुष्मा श्रेष्ठले बताईन् । विद्युत बलेपछि स्थानीय हर्षित भएका छन् ।
गत असार पहिलो साता साविकको याम्खा–१ को रिखुवाटोलका ३० घरमा बत्ती बालिएकोमा थप टोलमा विद्युत बिस्तार गरिएको हो । साविकको याम्खा–७ मा पनि पोल र तार जडानको काम सकिएकाले चाँडै विद्युत सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



