पत्रकार र सञ्चार क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्न प्रेस युनियनको माग
जेठ २५ आइतवार, २०७७
काठमाडौं । नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ ।
प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललेले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई कोरोनाको महामारीबाट चेपेटामा परेका श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न माग गरेको हुन् ।
सञ्चारकर्मी आफ्नो पेसाबाट पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन समयमै सबै पक्षले सचेत हुनुपर्नेमा समेत युनियनको जोड छ ।
नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्धतिविरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास भए पनि झन्डै दुईतिहाइको सरकार अहिलेको जटिल अवस्थाप्रति बेखबर र बेपर्वाह हुनु लज्जाजनक भएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष सिग्देलले नेपाली सञ्चार क्षेत्रको संवेनशीलताप्रति अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को पनि ध्यानाकर्षण गराएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



