माछा मार्न पठाए तर माखो मार्न सकेनौं : सांसद राई
जेठ २६ सोमवार, २०७७
खोटाङ । प्रदेश नम्बर १ का सांसद राजन राईले जनताले ‘संमृद्धिको माछा मार्न पठाइएका सांसदले माखो’ मार्न नसकेको बताएका छन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा सोमबार आफ्नो धारणा राख्दै प्रदेशसभा सांसद राईले जनताले निर्वाचनका माध्यमबाट चुनेर ‘संमृद्धिको माछो मार्न पठाएका जनप्रतिनिधिले माखो मार्न नसकेको टिप्पणी गरेका हुन् ।
सांसद राईले साँढे दुई वर्ष वितिसक्दा पनि प्रदेशको नामाकरण टुंग्याउन नसकिएको भन्दै आत्मालोचना गरेका छन् । ‘साँढे दुई वर्षको समय गुजारिसकेका छौँ ।
यो बेलासम्म पनि प्रदेशको नामाकरण गर्न सकेनौँ, नाम दिन सकेनौँ । नीति तथा कार्यक्रम सरकारको बिम्ब हो, जहाँ सरकारको अनुहार देखिनुपर्छ, तर नामको सन्दर्भ चर्चा भएको देखिएको छैन,’ प्रदेशसभा सांसद राईले भने, ‘जनताले हामीलाई संमृद्धिको माछो मार्नका लागि निर्वाचित गरेर पठाएका हुन् ।
कुनै–कुनै बेला मलाई लाग्छ जनताले माछो मार्न पठाए, तर हामीले माखो मार्न सकेनौँ ।’ संमृद्धिको माछो समाउने दायित्व सरकारको मात्र नभएर समग्र सांसदहरुको भएको राईले उल्लेख गरे ।
प्रदेशसभा सांसद राईले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनु सरकारको पहिलो दायित्व भएको बताएका छन् । सांसद राईले विकास निर्माणका कामलाई थाँती राखेर भएपनि नागरिकलाई कोरोना भाइरसको महामारीबाट बचाउनु पर्ने धारणा राखेका छन् ।
‘सरकारको मूख्य दायित्व जनतालाई बचाउने हो । यो युद्ध जित्नका लागि आदर्शको कुरा गरेर हुँदैन,’ सांसद राईले भने, ‘बरु विकास निर्माणका काम रोकियोस, दुई वर्षपछि मोटर चढौंला, रेल चढौंला वा दश वर्षपछि पानी जहाज चढौंला तर यो बेला जनतालाई बचाउनु सरकारको प्रमुख दायित्व हो ।’
सांसद राईले कोरोनालाई जित्नका लागि प्रदेशका प्रत्येक जिल्ला अस्पतालमा सय वटा बेड, चार वटा भेन्टिलेटर सहित दक्ष चिकित्सक र प्राविधिकको व्यवस्था गर्ने भनिए पनि पठाइएका सिलिङले त्यो सपना पुरा हुने अवस्था नदेखिएको टिप्पणी गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



