कोरोना संक्रमितको स्वास्थ्य परीक्षणमा कमजोरी भयो कि ?
तीर्थबहादुर कार्की
जेठ ३० शुक्रबार, २०७७
खोटाङ । विश्वभरी महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको संक्रमणको कारण हामी नेपाली यतिखेर त्रासमय वातावरणमा बाँची रहेका छौ । हाल नेपालमा पनि संक्रमण तीब्र रुपमा बढी रहेको छ । अहिलेसम्म चार हजार ६ सय बढि संक्रमित भएका छन् भने १५ जनाको मृत्य भईसकेको छ ।
कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले गरेको लकडाउनलाई पालना अनि सचेतता जागाउनको लागि आफ्नो स्वास्थ्यको प्रवाह नगरी घामपानी दिनरात नभनी हरपल सडकमा जनताको सेवाको लागि खटिएका सुरक्षाकर्मीहरु, यो समयमा आफूभन्दा पनि अरुको स्वास्थ्यलाई ध्यान दिएर काम गर्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी, फोहोरमैला व्यवस्थापन लगायत विभिन्न अतिआवश्यकीय क्षेत्रमा कार्यरत हामी सम्पूर्ण पनि धन्यवादका पात्र छौ ।
हामी जो कोहिले पनि बिरामी भएर अस्पताल वा स्वास्थ्य संस्थामा जान्छौ र चिकित्सकलाई भेट्छौ अनि हामीलाइ भित्र देखि नै लाग्छ म अब निको हुन्छु म अब बाँच्छु भनिन्छ स्वास्थ्यकर्मीलाई भेट्नसाथ आधा रोग निको हुन्छ । मैले जोड्न खोजेको प्रसड्ड हो कोभिड–१९ तथा कोरोना भाइरस यो रोग लागेपछि अहिलेको समयमा धेरैलाई बाँचिन्छ भन्ने लाग्दैन । तर समयमै उपचार हुन सक्यो र चिकित्सकको सल्लाह अनुसार सावधानी अपनाइयो भने यो रोग निको हुने विश्वास चिकित्सकहरुले गराएका छन् ।
अहिले हाम्रो देशमा पनि यसको संक्रमण बढेको छ । धेरै व्यक्ति संक्रमण भएका छ्न । केही व्यक्ति निको भएर घर फर्किएका पनि छन् केहिको मृत्यु भएको छ भने धेरैको संख्यामा उपचार भई रहेको छ । नेपाल सरकारले पनि स्वास्थ्यकर्मीहरु खटाइरहेको छ ।
कतिपय स्वास्थ्इकर्मीहरु काखको बच्चा समेत छाडेर बिरामीको उपचारमा लागि रहनु भएको छ उहाँहरुलाइ हामीले जति नै धन्यवाद दिएपनि कमी नै हुनेछ भन्ने मलाई लाग्छ किनकी यो रोग यस्तो छ कि उपचार गर्न खटिएको व्यक्ति नै यसको संक्रमणको भागिदार बन्ने सम्भावना धेरै छ ।
अरुको ज्यान बचाउन आफ्नो ज्यान माया मार्नुपर्ने बाध्यता छ । हामीले खबर सुनी रहेका छौ अरुको उपचार गर्दागर्दै आफै संक्रमित भएर मृत्यु भयो भनेर । तर यथार्थ के हो भने हामी कुनैपनि क्षेत्रमा काम गर्छौ भने हामी त्यहाँको सुख दुःखको दुबै पक्षको भागिदार बन्न तयार हुनु पर्छ किनकी हामी पनि त्यसै भित्रको एउटा जिम्मेवारी सदस्य हो त्यसैले जिम्मेवारी लिन र पाएको जिम्मेवारी पूरा गर्नु हाम्रो कर्तव्यभित्र पर्छ ।
तर बिडम्बना सायद हाम्रो सरकार नै कमजोरी भएर हो कि के हो ? बेलाबेला खबर सुन्ने गर्छौ अनि कति अस्पतालमा देख्ने पनि गरेका छौ कोरोनाको बिरामी भनेपछि अस्पतालले भर्ना नै लिन नखोज्ने चिकित्सकले उपचार गर्नै नखोज्ने यस्तो घटनाले दुःखी बनाउँछ अनि प्रश्न चिन्ह राख्न बाध्य बनाउँछ र प्रश्न सोध्न पनि मन लाग्छ ।
बिरामीको उपचार गर्न भनेर अस्पताल स्थापना गरेपछि बिरामी भर्ना लिन इन्कार किन गरिन्छ ? बिरामीको सेवा गर्छु भनेर चिकित्सकमा जिम्मेवारी लिएपछि बिरामीको उपचार गर्न किन नमान्ने ? अनि यी सबै काम कसको जिम्मेवारी भित्र पर्छ ?
यी सम्पूर्ण अवस्था र प्रशनले भावनामा डुब्न बाध्य गराउछ । उदाहरणको लागि देश र जनताको सेवा गर्छु भन्ने कसम खाएर सरकारी बर्दी भिरेको सिपाही लडाइबाट टाढा भाग्छ भने उसको कुनै महत्वको हुँदैन । त्यस्तै बिरामीको उपचार गर्न नमान्ने चिकित्सकको पनि महत्व छैन त्यसैले यस्ता चिकित्सक र अस्पताललाई सरकारले कार्वाही गर्न सक्नु पर्छ ।
चेक जाँचलाई एकदमै तीब्र बनाइनुपर्छ, समय समयमा अनुगमन गरिनुपर्छ । मैले यो अनुरोध किन गरिरहेको छु भने परोपकार प्रसुती गृह थापाथलीमा समेत यो समयमा बिरामीको हेरचाह राम्रो नगर्ने देखिएको छ जुन एकदमै संवेदनशील बिरामीको उपचार गर्ने अस्पताल हो ।
दिनरात नभनी कर्तव्यलाई पहिलो नम्बरमा राखेर यस्तो महा संकटको बेलामा बिरामीको सेवामा लागि रहेका चिकित्सकलाई सरकारले सम्मान र पुरस्कृत गर्नु पर्छ । जसको कारणले नराम्रो काम गर्ने व्यक्तिलाई आफैलाई पछुतो लागोस् र राम्रो काम गर्ने व्यक्तिलाई अझै राम्रो काम गर्न हौंसला प्रदान होस् ।
यस्ता काममा कहिलै पनि कुनै सरकारी वा गैर सरकारी निकायबाट निष्पक्ष हिसाबले न त गल्ती गर्नेलाई कार्बाही हुन सकेको छ न त राम्रो काम गर्नेलाई हौंसला प्रदान गर्ने काम भएको छ । त्यस्तै कारणले पनि राम्रो काम गर्नेहरु पनि बिस्तारै काममा सुस्त भएको देखिन्छ ।
सबैभन्दा एउटा अनौठो कुरा त के छ भने नेपालमा कोरोनाबाट बिरामीको मृत्यु भएको पुष्टि बिरामीको मृत्यु भएपछि मात्र हुन्छ । नेपालका स्वासथ्यकर्र्मीहरुलाई धेरै जनताको प्रश्न के छ भने नेपालमा बिरामीको मृत्यु हुनु पहिला कोरोना हो कि हैन भनेर चेक जाँच गरि एक्किन गर्न मिल्दैन ? मेरो सम्पूर्ण सम्बन्धित निकायहरुलाई अनुरोध यस्तो समयमा विभिन्न बहाना देखाएर जनताको स्वास्थ्यमाथि खेलबाड नगरियोस ।
हाल वर्तमान समयमा भएको समस्याको समाधान तिर लागियोस् आज कोहि रोगले मर्दैछ भने भोलि भोलिको आश देखाएर दुनियाँ योजना बनाउनुको कुनै अर्थ हुँदैन । जनता नै रहेनन् भने भोलि गरेको विकास र कामको महत्व कसैलाई बचुन्जेल वास्ता नगर्ने तर मरेपछि सालिक बनाएर फूलमाला चढाएर प्रशंसा गरे जस्तै हुनेछ । पहिला जनता बाँच्नु प¥यो भोलिको विकास यिनै जनताले गर्ने छन् ।
स्वास्थ्यको विषयमा पहुँच र नातावाद कृपाबादलाई सबैले त्यागौ । यस्तो महामारीको बेलामा अस्पतालको गेटमा ताला लगाएर बसेका प्राइभेट अस्पतालका सञ्चालकहरुलाई धनी बनाउने उद्देश्यले कोरोनाको चेक जाँच १५ हजार तिरेर गर्न पाउने भनेर निकालिएको सूचना खारेज गरेर त्यस्ता अस्पताललाई सरकारले खर्च बेहोरेर सरकारी रेटमा उपचार गर्न अनुरोध हैन आदेश दिइयोस् ।
यदि कुनै अस्पतालले उपचार गर्न मान्दैन भने त्यस्ता अस्पताललाई कार्बाहिदेखि सम्झौता खारेज समेत गरियोस ताकी इमानदार र मेहानतीको सेवा गर्ने र मेवा पाउने दुबै अवसर जुटोस ।
अन्तमा यस्तो अवस्थामा हामी सबैले आ–आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर हामी सबैले हातहात साथमा साथ मिलेर यो महामरीको निर्मुल पार्ने बाटोमा लाग्यौ भने समयमै हामी सबै नेपालीको मुहारमा खुसी आउनेछ तसर्थ सबैेले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आवश्यक छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



