प्रधानमन्त्रीले भने : नेपालले अभूतपूर्व एकता देखायो, अब भारतसँग वार्ता हुन्छ
जेठ ३१ शनिबार, २०७७
खोटाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएपछि एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री ओलीले नयाँ नक्सालाई निशान छापमा समावेश गर्न गरिएको नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएपछि एउटा कोर्स पूरा भएको बताएका हुन्।
नयाँ नक्सा संसदबाट पारित भएसँगै हामीले एउटा कोर्स पूरा गरेका छौ संसद भवनबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, अब भारतसँग वार्ता हुन्छ। भूमि फिर्ता अभियानमा अभूतपूर्व एकता देखिएको भन्दै खुसी समेत व्यक्त गरे ।
केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो। विपक्षमा कोही छैनन्। सिंगो देश एकजुट भएको छसंविधान संशोधनमा अभूतपूर्व एकता देखिएको छु, उनले भने, यो नेपाल र नेपालीका लागि खुसीको कुरो हो।
राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो।’ त्यसपछि प्रधानमन्त्री ओलीले अभूतपूर्व एकता देखिएको बताउँदै भारतसँगको वार्ता पनि अघि बढ्ने विश्वास दिलएका हुन्।शनिबार दिनभर विधेयकमाथि भएको दफावार छलफलपछि प्रतिनिधिसभामा तत्काल उपस्थित २५८ सांसदले सर्वसम्मतले संविधान संशोधनको पक्षमा मत हालेका थिए।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



