नक्सा पारित भएकोमा बधाई दिदै कांग्रेसले भन्यो अब भूमि फिर्ता लिनुपर्छ
जेठ ३१ शनिबार, २०७७
खोटाङ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण रहेको बताएको छ ।
राष्ट्रियताको पक्षमा राष्ट्रिय एकता ऐतिहासिक देखिएको भन्दै कांग्रेसले भूमि फिर्ताको दोस्रो चरणको अभियानमा अब गम्भीर कुटनीतिक पहलको अपेक्षा राखेको हो।
लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार निकालेको विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले स्वदेश र विदेशमा रहेका नेपालीलाई नक्सा पारित भएकोमा बधाई दिएको छ। ‘कांग्रेस स्वदेश र बिदेशमा रहेका सबै नेपाली दिदीबहिनी दाजुभाइमा यो घडी हार्दिक बधाई ज्ञापन गर्दछ,’ कांग्रेसले भनेको छ । नेपाली भूमिमा नेपालकै हक हुनुपर्ने पनि कांग्रेसको भनाइ छ।
‘राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय एक्यवद्धतापछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढंगले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ,’ प्रवक्ता शर्माले भनेका छन्। उच्चस्तरीय कुटनीतिक पहल प्रभावकारी र परिणाममुखी ढंगले गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको हो।
‘जब जब राष्ट्रियताको प्रश्न आउँछ या कुनै पनि राष्ट्रिय महत्वको बिषय आउँछ नेपाली कांग्रेस संयमतापूर्वक सदैव संस्थागत निर्णय एवं सुस्पस्ट विचारका साथ दृढ ढंगले उभिंदै आएको छ र आगामी दिनमा पनि त्यसरी नै उभिने छ,’ कांग्रेसले प्रष्टाएको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



