भुलभुले दुधकुण्ड आकर्षक गन्तव्य स्थल बन्दै
खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधामको पर्यटन प्रवद्र्धनका लागि आवश्यक संरचना निर्माण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दुधकुण्ड देउधामको स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धनका लागि गेट, रेलिङ सहितको सिँडी, ७ धारा, राउण्ड पोखरी, कम्पाउण्ड, छाना सहितको बस्ने फलामे बेञ्च लगातका संरचना निर्माण गरिएको हो ।
मध्यपहाडी लोकमार्गले छोएको भुलभुले दुधकुण्ड देउधाममा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयको आर्थिक संमृद्धिका लागि निर्माण गरिएको मानव निर्मित संरचना विहिबार नगरका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन् ।
बिशेष गरी किरात र हिन्दु धर्मावलम्बीको धार्मिकस्थलका रुपमा रहेको भुलभुले दुधकुण्ड देउधाममा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्यका साथ नगरपालिकाको ४० लाखको खर्चमा आकर्षक संरचना थप गरिएको हो । पछिल्लो समयमा स्वतःस्फूर्तरुपमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य थलोकारुपमा बिकास हुँदै गएको भुलभुले दुधकुण्ड देउधामको कम्पाउण्डभित्र काटिएका ढुंगा ओछ्याइएको, घुमफिरकाक्रममा विश्रामका लागि छाना सहितको ५ वटा फलामे बेञ्च, ७ वटा ढुंगे धारा निर्णोद्धार, बीचमा गणेशको मूर्ति राखिएको राउण्ड पोखरी, जलपादेबीको मन्दिर, बगैंचा, रातका लागि नाईट बत्ती, सिँढी, रेलिङ, फोहोर फाल्ने टोकरी, जुत्ता चप्पल राख्ने ¥याक, तस्विर सहितको सूचना पार्टी लगायतका संरचना निर्माण गरिएको भुलभुले दुधकुण्ड देउधाम निर्माण समितिका सचिव लोकेन्द्र राईले बताए ।
यस अघि नै बुढानिलकण्ठ, पोखरी, किरात राजा यलम्बरको शालिक, शिव मन्दिर, ढुंगे धारा लगायत निर्माण गरिसकिएको भुलभुले दुधकुण्ड देउधाममा निर्माण गरिएको नयाँ संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्ने मेयर रिजालले बताए । पर्यटनको प्रचुर सम्भावना भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा रहेको देउधाममा नयाँ संरचना निर्माणकाक्रममा पुरानो शिव मन्दिरको जिर्णोद्धार समेत गरिएको छ ।
ढुंगाको कापबाट खोलाजत्रो पानी निस्किएको, पानीको मुहानमा खेलीरहेका असला माछा, ढुंगे धाराबाट छल्किरहेका पानी भुलभुले दुधकुण्ड देउधामको प्रमुख आकर्षण हुन् । भुलभुले दुधकुण्ड देउधाममा पुग्ने पर्यटकलाई सोभन्दा माथि रहेको रुवालुङ झरनासम्म पु¥याउनका लागि पदमार्ग निर्माणको काम समेत भइरहेको सचिव राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



