एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक आज अपराह्न बस्दै
जेठ ३२ आइतबार, २०७७
खोटाङ । एमसीसीबारे निर्णय गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दै छ। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए। अरू एजेन्डा तय गरेका छैनौं, एमसीसीबारे छलफल हुन्छ,’ पौडेलले भने।
लामो समयदेखि एमसीसी पारित गर्न नहुने भन्दै नेकपाभित्र आवाज उठेको छ। बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।
यसअघि जेठ १७ गते नेकपा सचिवालय बसेको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।
पछिल्लो समय एमसीसीमा रहेका प्रावधान संशोधन नगरी कुनै हालतमा पारित नगर्ने अडान नेताहरूले लिएका छन्। यसअघिको सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



