सरकारलाई प्रियंकाको आग्रह–‘यूवाहरुको प्रदर्शनलाई गम्भिरतापूर्वक लिनुहोस्’
जेठ ३२ आइतवार, २०७७
खोटाङ । नायिका प्रियंका कार्कीले यूवाहरुले सडकमा गरिरहेको आन्दोलनलाई गम्भिरतापूर्वक लिइदिन सरकारसँग आग्रह गरेकी छिन् । सामाजिक संजालमा लामो स्टाटस कोर्दै उनले भनेकी छिन्–‘कृपया मुद्दाको संवेदनशिलता वुझिदिनुहोस् । जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरी सम्बोधन गरिदिनुहोस् ।
आफ्नो देश र जनताको सुरक्षा गर्ने कर्तव्यको पालना गरिदिनुहोस् ।’ उनले सरकारसँग यस्तो आग्रह गर्दै गर्दा सडकमा उत्रिएका यूवाहरुलाई सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेकी छिन् ।
साथै, उनले गैह्र राजनीतिक आन्दोलनको रुपमा सुरु भएको प्रदर्शनमा अब राजनीतिक गन्ध समेत भेटिन थालेको महशुश आफूले गरेको पनि लेखेकी छिन् ।
उनी लेख्छिन्–‘गैह्र राजनीतिक यूवा आन्दोलनको रुपमा सुरु भएको प्रदर्शनले अब थोरै राजनीतिक मोड लिएको हो कि भन्ने महशुश भएको छ । कुनै राजनीतिक एजेन्डा वा संलग्नता नभएसम्म यो विरोध एक ठूलो पहल हो । यो हामीले निस्वार्थ रुपमा हाम्रो देश र जनताको सुरक्षाका लागि सुरु गरेको प्रदर्शन हो । हाम्रो आवाजमा शक्ति छ । यो शक्तिको दुरुपयोग हुन हुन्न ।’
प्रियंकाले प्रदर्शनका क्रममा सामाजिक दुरी पनि कायम नभएको भन्दै यसले संक्रमण फैलिन सक्ने जोखिममा ध्यान दिन पनि आग्रह गरेकी छिन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



