कांग्रेसले संसदमा भन्यो : प्रधानमन्त्रीज्यू इनफ इज इनफ

असार १ सोमबार, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा लागेको नारा ‘इनफ इज इनफ’लाई संसदमा उठाएको छ ।

संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राजेन्द्र केसीले जनता सडकमा आइसकेको बताए ।

कोरोनाविरुद्धको लडाईमा कांग्रेसले सरकारलाई सुरुदेखि साथ दिँदै आएको तर प्रधानमन्त्रीले विपक्षीले असहयोग गरेको भनेको भन्दै उनले थपे, ‘लोकलाज त राखिदिनुस् प्रधानमन्त्रीज्यू ।’

जनता भोकले मर्न थालेको तथा क्वारेन्टिनमा राम्रो व्यवस्था गर्न नसक्दा मानिसहरू ज्यान गुमाउन थालेको सांसद केसीले बताए । उनले अघि भने, ‘प्रधानमन्त्रीज्यूलाई भन्छु, इनफ इज इनफ । कन्ट्रोल गर्नुस् । अब जनता सडकमा आइसके । हामी पनि थाम्न नसक्ने अवस्था होला ।’

सांसद राजेन्द्र केसीले संसदमा व्यक्त गरेको विचार

अहिले काठमाडौंको शहरमा ‘इन अफ इज इन अफ’ , अति भो अब खति हुने भयो भनेर आवाज दन्किरहेको छ । यो कांग्रेसको मात्रै आवाज होइन । यो जनताको आवाज जनजिब्रोको आवाज बनेको छ ।

हाम्रो प्रधानमन्त्रीका कारण मुलुक आक्रान्त भएको छ, मुलुक संकटमा गएको छ । र प्रधानमन्त्रीले भन्न थाल्नुभयो रे कि प्रतिपक्षीले सहयोग गरेन । प्रधानमन्त्रीज्यू, लोकलाज त राख्नोस् ।

कांग्रेसले कहाँ सहयोग गरेको छैन रु हामीले भन्यौं वाइडबडीमा भ्रष्टाचार भएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा अनियमितता भएको भनिएको छ । हामीले भन्यौं त्यहाँ साँढे ४ अर्बको भ्रष्टाचार भएको छ । प्रधानमन्त्रीले फैसला दिनुभयो यहाँ भ्रषटचार भएको छैन भनेर ।

हामीले ३३ किलो सुन, सुन त खायो, मान्छेमात्रै हिरासतमा छ, सुनचाहिँ पत्ता लगाइनिुहोस् भनेर । आज सुनको पत्ता लागेको छैन मान्छे मात्रै हिरासतमा छ ।

हामीले भन्यौं, सेक्युरिटी प्रिन्टिङ प्रेसमा अहिले बेला होइन भनेर । अहिले छताछुल्ल भएको छ, मन्त्रीजीले त ७० करोड रुपैयाँ घुस माग्नुभयो भनेर राजीनामा गरेको अवस्था छ ।

यो सरकारको नैतिकता कहाँ छ रु अझ प्रतिपक्षले सहयोग गरेन, प्रतिपक्ष असहष्णिु भयो भन्नुहुन्छ । लोकलाज त राखिदिनुहोस् प्रधानमन्त्रीज्यू । कमसेकम एउटा व्यवस्थित र लोकतान्त्रिक प्रतिपक्षले गर्ने व्यवहार गर्यो कि गरेन भनिदिनुस् ।

यो मात्र होइन, प्रतिपक्षले भन्यो– १० अर्बको हिसाब दिनुहोस् । कहीँ गएको छैन स्थानीय निकायमा, मैले पटक पटक कुरा उठाएँ, १० अर्बको हिसाब दिनुपर्छ ।

क्वारेन्टिनको कुरा गर्ने हो भने भेडाबाख्रा जस्तो छ । त्यो एउटा सेफ प्लेस हो कि डेथ प्लेस हो सरकारले बोल्न नपर्ने रु

क्वारेन्टिनमा मान्छे मर्नुपर्ने, पानी खान नपाएर मान्छे मर्नुपर्ने अनि सरकार ठूलो कुरा गर्ने रु प्रतिपक्षले सहयोग गरेन भन्ने रु

यति मात्र होइन नेपाल एयरलाइन्सको प्लेन छ चार्टडको नाममा यहाँका ट्राभल एजेन्सीहरुबाट ६÷७ गुणा भन्दा बढी पैसा असुलिरहेको छ । यहाँ बोल्न नपर्ने सरकारले, जनतालाई जे भने पनि हुने रु जनता सहिरहनुपर्ने, फेरि हामी चुप लाग्नुपर्ने । अत्यन्त भयावह अवस्था छ ।

यदि सडकबाट जनताले यो सरकार फाल्नुपर्यो भने लोकतन्त्रमाथिको लागि शुभ संकेत हुँदैन । स्थिति यो आइसकेको छ । जनता सडकमा आइसके, इन अफ इज इन अफ ।

सरकारको अझ होस खुलेको छैन । कहाँ भ्रष्टाचार गर्न पाइन्छ, कहाँ पैसा असुल्न पाइन्छ भनेर । आज मैले पढेको थिएँ– अरिङ्गालहरु प्रधानमन्त्रीलाई भन्दै हुनुहुन्छ, राम्रो काम भएको छ प्रधानमन्त्रीज्यू ।

त्यसैमा भुलभुलैया भाछ । प्रधानमन्त्रीज्यू राम्रो काम भएको छैन, तपाईंले केही पनि राम्रो काम गर्नुभएको छैन, सिरिफ भ्रष्टाचार भएको छ । जहाँतहीँ भ्रष्टाचार छ । खाद्यान्नमा भ्रष्टाचार छ ।

क्वारेन्टिमा भोकै, प्रधानमन्त्रीले भन्नुभएको होइन, कोही पनि भोकै मर्दैन । प्रधानमन्त्रीज्यू भोकभोकै मर्‍यो, मर्‍यो ।

भोकभोकै मरेको होइन, राहत लिने भए भोकभोकै मरेको हैन भन अनि राहत दिन्छु भनेर यो सरकारले जबरजस्ती निवेदन लेखाउँदैछ । नागरिकको सरकार यस्तै हुन्छ प्रधानमन्त्रीज्यू रु

दुई तिहाई झण्डै मत प्राप्त भएको सरकार कसरी जनतालाई दोहन गर्न सकिन्छ रु कहाँ छ रकम भ्रष्टाचार भनेर तल्लिन हुने यो सरकार फेरि जनताको दुहाई दिएर कांग्रेसलाई दोष लगाउन अलिकति सरम हुनुपर्ने हो रु

प्रधानमन्त्रीज्यू, धेरै कुरा नर्गनुस्, काम गर्नुस । संसारमा प्रधानमन्त्रीले यस्तो धेरै बोलेको इतिहास छैन । जनताले तपाईंलाई ५ वर्षका लागि जनमत दिएको छ । नेपाली कांग्रेस ५ वर्षका लागि शान्तसँग प्रतिपक्षको नाताले भूमिका निर्वाह गर्छ ।

कोरोनाकै कुरा गर्दा कांग्रेसले आफ्ना क्रियाशील सदस्यहसँग सय– सय रुपैयाँ उठाएको पैसा ५० लाख रुपैयाँ यो सरकारलाई दिएका छौं, हामी सांसदहरुले १५ दिनको पारिश्रमिक कटाएर सरकारलाई सहयोग गरेका छौं ।

हामीले कहाँ सहयोग गरेनौं र प्रतिपक्षले सहयोग गरेन, प्रतिपक्षले उचाल्यो भने, तपाईंको लोकलाज हुन्छ प्रधानमन्त्रीज्यू रु जनतालाई भ्रममा फसाएर पूरा मुलुकलाई भ्रष्टाचारमा यो अधिकार तपाईंलाई छैन प्रधानमन्त्रीज्यू ।

यद्यपी प्रधानमन्त्रीले यति धेरै हावादारी गफ गर्ने काम गर्नुभयो । जनताले अत्यन्त दुख पाएका छन् । प्रधानमन्त्रीलाई भन्छु कन्ट्रोल गर्नुस्, अति भयो अति भयो । अब जनता सडकमा आइसके । हामीले पनि थाम्न नसक्ने अवस्था होला । (अनलाइन खबरबाट ।)