स्कुल अफ डेमोक्रेसीको अध्यक्षमा विमला

असार १ सोमवार, २०७७
खोटाङ । खोटाङको कांग्रेस नेतृ एबं हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राई स्कुल अफ डेमोक्रेसी नेपालको जिल्ला अध्यक्षमा मनोनित भएकी छन् ।

राजनैतिक दल, सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रकृयालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्यले स्थापित स्कुल अफ डेमोक्रेसीले राईलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो ।

सामाजिक क्रियाकलापका माध्यमबाट प्रजातन्त्र, युवा वकालत, नेतृत्व विकास, सामाजिक सशक्तिकरण लगायतको क्षेत्रमा योगदान पु¥याउने लक्ष्यका साथ राईलाई जिल्ला अध्यक्षको भूमीका दिइएको स्कुल अफ डेमोक्रेसी नेपालका अध्यक्ष नैनसिं महरले जारी गरेको नोमिनेसन लेटरमा उल्लेख छ ।

स्कुल अफ डेमोक्रेसीले विभिन्न जिल्लामा शाखा विस्तार गर्नेक्रममा लकडाउनकैबीचमा खोटाङमा पनि शाखा विस्तार गरेको जनाएको छ ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्षमा निर्वाचित राई नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि एबं नेपाल महिला संघकी जिल्ला सचिव समेत हुन् । राई पछिल्लो कांग्रेस राजनीतिमा सम्भावना बोकेकी नेतृका रुपमा परिचित छन् ।