सरकारले प्रेसमाथि अंकुश लगायो : सभापति देउवा
चितवन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रेसमाथि अंकुश लगाउने काम गरेको आरोप लगाएका छन्। प्रेसको पक्षमा, मानवताको पक्षमा सरकार हुनुपर्ने भएपनि लेख्ने, बोल्ने स्वतन्त्रता माथि हस्तक्षेप गरिएको उनले बताए। प्रेस युनियन चितवनको आठौं जिल्ला अधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउन नपाईने बताए। ‘जुन किसिमको हस्तक्षेपको संभावना देखिएको छ, अंकुश लगाउने कोशिस गरिएको छ’ उनले भने, ‘त्यसको खिलाफमा, प्रेस स्वतन्त्रताको पक्षमा पार्टी छ।’
प्रेसमाथिको बाधा र अवरोध पार्टीलाई सह्य नहुने बताउँदै हस्तक्षेपको प्रतिकार गर्ने सभापति देउवाले बताए। कांग्रेस नेतृत्वमा रहँदा बनाएको संविधान नेपालीका लागि उपयुक्त भएपनि कार्यान्वयन नभईरहेको उनको भनाई छ। ‘अहिलेको संविधान लोकतान्त्रिक र समावेशी छ’ उनी भन्छन्, ‘नेपालमा अझै पनि संविधानले दिएका पूर्ण अधिकारहरु लागु हुन सकेका छैनन्।
यसैबीच अधिवेशनको अवसरमा सभापति देउवाले प्रेस युनियन चितवनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् भने चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत समेत गरेका छन्। पुरस्कारबाट बरिष्ठ पत्रकार किशोर नेपाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशी ५१ हजार १५१ रुपैयाँ रहेको छ। यस्तै ११ हजार १११ रुपैयाँ राशीको नेपाल प्रेस युनियन क्रियाशील पत्रकारिता पुरस्कार राजु चौधरीलाई प्रदान गरियो। नागरिक न्युज अनलाइनबाट
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



