नेपाल दलित संघ खोटाङका अध्यक्ष विकको निधन

असार ६ शनिवार, २०७७
खोटाङ । खोटाङका कांग्रेस नेता एबं दलित समुदायका अगुवा हिराबहादुर विश्वकर्माको निधन भएको छ । मष्तिष्कघातका कारण कांग्रेसका पूर्व जिल्ला सदस्य एबं नेपाल दलित संघका जिल्ला अध्यक्ष विश्वकर्माको ५८ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।

गत जेठ ३२ गते सामान्य टाउको दुख्न थालेपछि बिरामी परेका विश्वकर्मालाई उपचारका लागि केएमसि अस्पताल काठमाण्डौं लगिए पनि स्वास्थ्यमा सुधार नआएको आफन्तले बताएका छन् ।

स्वास्थ्यमा सुधार नआएपछि अस्पतालबाट असार ४ गते घर ल्याइएका विश्वकर्माको शुक्रबार राती ७.४५ बजे हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित आफ्नै घरमा निधन भएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले जानकारी दिइन् ।

हलेसी तुवाचुड. नगरपालिका–४ वडहरे निवासी विकको शनिवार बिहान अन्त्यष्टी गरिएको जनाइएको छ । २०१९ साल मंसिर २७ गते जन्मिएका बिश्वकर्मा नेपाल दलित संघका पूर्व केन्द्रीय सदस्य पनि हुन् । करीव तीन दशकदेखि कांगे्रसमा क्रियाशिल विकका श्रीमति सहित चार छोरी र चार छोरा छन् ।

यस्तै, खोटाङ कांग्रेस खोटाङले विकको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले शनिवार घरैमा पुगेर विकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेकोे छ ।

साथै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना प्रकट गरेको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताए ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस खोटाङका पूर्व सभापति एवम् महासमिति सदस्य बिष्णुकुमार राई, जिल्ला सचिव जोशी, महाधिवेशन प्रतिनिधि बिमला राई, जिल्ला सदस्य प्रकाशकुमार श्रेष्ठ र चक्रकुमार राई, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवम् हलेसी तुवाचुड. नगरपालिकाका नगरप्रमुख इवन राई, हलेसी तुवाचुड. नगरपालिका–४ वडहरेका वडाध्यक्ष किशोर बस्नेत, हलेसी तुवाचुड. नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रमेश राउत, नेपाली कांग्रेस हलेसी तुवाचुड. नगरपालिकाका सचिव कंमल गिरी, नेपाल तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राई, नेपाल दलित संघ खोटाङका सचिव सञ्जय हिङमाङ, लगायतको उपस्थिति रहेको कांग्रेसले जनाएको छ ।