नेपाली कांग्रेस खोटाङले दियो एक हजार एक सय परिवारलाई राहत

असार ६ शनिवार, २०७७
खोटाङ । नेपाली कांग्रेस खोटाङले खोटाङ घर भई हाल काठ्माण्डौं उपत्यकामा बसिरहेका लकडाउन पीडितलाई राहत वितरण गरेको छ ।

खोटाङ घर भइ हाल काठ्माण्डौं उपत्यकाका विभिन्न स्थानमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका मजदुर, विद्यार्थी, अपांग र असहाय १ हजार १ सय परिवारलाई कांग्रेसले शनिवार चामल, दाल, नुन, तरकारी लगायतका खाद्य सामग्री वितरण गरेको हो ।


। कांग्रेसले उपत्यकाका विभिन्न छ स्थानवाट लकडाउन पीडितलाई प्रतिपरिवार २० केजी चामल, १ केजी दाल, १ केजी नुन र तरकारी वितरण गरेको नेपाली कांग्रेस खोटाङ–काठमाण्डौ सम्पर्क समितिका उपसभापति गोपाल सैंजुले जानकारी दिए ।

 

कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, पूर्व मन्त्री सर्वधन राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, महासमिति सदस्य दिनेश राई,  महाधिवेशन प्रतिनिधि जितेन्द्रसिं ठकुरी, कांग्रेसका युवा नेता रोजन राई,  समाजसेवी टंकवहादुर श्रेष्ठ लगायतको उपस्थितिमा राहत वितरण गरिएको कांगे्रसले जनाएको छ ।