खोटाङका युवा गायक गदालका दुई म्यूजिक भिडियो सार्वजनिक
खोटाङ । खोटाङका युवा गायक हर्क गदालका दुई म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका गायक गदालको ‘धेरै दुःख पाइयो’ जागरण गीत र ‘बाटोमा हिँडियो ठिटीहरुले’ बोलको लोक पप गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका प्रिन्सिपल सागर जोशी र नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले आईतबार म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । गायक गदालको यो पाँचौं र छैठौं गीत तथा तेश्रो र चौथो म्यूजिक भिडियो हो ।
दुई वटै गीतमा गदालकै शव्द, संगीत र आवाज समेटिएको छ । ७ मिनेट ५ सेकेण्डको ‘धेरै दुःख पाइयो’ र ६ मिनेट ५२ सेकेण्डको ‘बाटोमा हिँडियो ठिटीहरुले’ बोलको गीतमा स्वयं गायक गदाल, सौगात श्रेष्ठ, आयूष्मा राई लगायतको अभिनय देख्न सकिन्छ । सञ्जिव राईले निर्देशन गरेको भिडियो दिक्तेलबजार, रुपाकोट, मुढेको भुल्के, बाम्राङ, अल्छेढुंगा लगायतका ठाउँमा छायांकन गरिएको छ ।
‘धेरै दुःख पाइयो’ बोलको गीतमा बिशेष गरी जातीय छुवाछुत विरुद्धको आवाज बोलिएको छ भने ‘बाटोमा हिँडियो ठिटीहरुले’ बोलको गीतमा छोराछोरी हुर्केपछि पनि बाबुआमाले साहरा नपाउँदाको पीडालाई समेटिएको गायक गदालले बताए ।
सानैदेखि सांगीतिक क्षेत्रमा क्रियासिल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका गदालका यसअघि ‘धोका पाको छु’, ‘यो मन रोइरहने’, ‘पसिनाले बसे रुझेर’, ‘माया प्रिति लाउनु’ जस्ता बोलको गीत बजारमा आइसकेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



