अर्खौलेमा महिलाहरुका लागि तीन महिने कम्प्युटर तालिम
असार १३ शनिवार, २०७७
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा महिलाका लागि कम्यूटर तालिम सुरु गरिएको छ । महिला लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालयको आयोजनामा महिलालाई सहभागी गराएर तीन महिने आधारभुत कम्यूटर तालिम सुरु गरिएको हो ।
अधिकांश महिला लक्ष्यीत कार्यक्रम सिलाई कटाई, बनाई जस्ता तालिममा केन्द्रित गर्ने गरिएकोमा अर्खौलेमा भने महिलाका लागि आधारभुत कम्यूटर तालिम सञ्चालन गरिएको हो ।
हाल सबैका लागि अनिवार्य बनिसकेको आधारभुत कम्यूटर तालिम शनिबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले उद्घाटन गरेका छन् । कम्यूटर सम्वन्धी महिलाको क्षमता र दक्षता अभिवृद्धिका लागि आयोजित तालिममा वडाका ७० महिलाको सहभागीता रहेको छ ।
महिलाका लागि विनियोजित चार लाखमध्ये दुई लाखमा चार वटा कम्यूटर र एक थान ल्यापटप खरिद गरेर तालिम सुरु गरिएको हो । ‘एक वडा एक सहकारी’ स्थापनाको अभियान थालिएको नगरपालिकामा सहकारी स्थापनापछि कम्यूटर चलाउनु पर्ने भएकाले पनि कम्यूटर तालिम फलदायी हुने अपेक्षा गरिएको नगरपालिकाका उपप्रमुख राईले बताईन् ।
‘महिलालाई सँधै सिलाई कटाई जस्ता तालिम दिने गरिएको छ । तर नयाँ–नयाँ टेक्नोजोलीका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्यूटर तालिम दिन थालिएको हो,’ उपप्रमुख राईले भनिन्, ‘केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनकाक्रममा पनि कम्यूटर सम्वन्धी सीपले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’
नगरपालिकाको आईटी शाखाले कम्प्यूटर तालिममा प्रशिक्षणको व्यवस्था मिलाएको छ । सहभागी धेरै जना भएकाले एक सिफ्टमा १० जनालाई मात्र राखेर तालिम सञ्चालन सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



