लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन सांसद राईको माग
असार १५ सोमवार, २०७७
खोटाङ । प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु रक्सीलाई ‘व्यान्ड (प्रतिवन्ध) होईन ब्राण्ड’ बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
विनियोजन विधेयकमाथिको छलफलकाक्रममा सोमबार आफ्नो धारणा राख्दै सांसद राईले कोदोको लोकल रक्सीलाई वैध बनाएर विदेशी र आयतित मदिरालाई विस्थापित गर्नुपर्नेमा जोड दिएकी हुन् ।
कोदोबाट उत्पादन हुने लोकल रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने भन्दै सांसद राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी छन् ।
लोकल रक्सीलाई व्याण्ड (प्रतिवन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने सांसद राईको भनाई थियो ।
‘हामीले लोकल रक्सीमा व्याण्ड लगायौं, रातो चन्दनमा लगायौं, गाँजामा लगायौं, आफ्नो बहुआयमिक जडीबुटीमा प्रतिबन्ध लगायौं, अनि विदेशी उत्पादनलाई हायर गर्ने, विदेशी रक्सी छ्याप–छ्याप्ती विक्री वितरण गर्ने वातावरण बनायौं,’ सांसद राईले भनिन्, ‘अव विदेशी रक्सीलाई व्याण्ड गरौं, नेपाली लोकल रक्सीलाई ब्राण्ड बनाऔं । अर्थात व्याण्ड भर्सेज ब्राण्डको नीति अपनाऔं ।’
केही समयअघि खोटाङमा लोकल रक्सी नष्ट गर्दा समेत सांसद राईले बिरोध जनाएकी थिईन् । हाल आदिबासी जनजाती महिलाले आम्दानीको श्रोतको माध्यम बनाएको लोकल रक्सीलाई बैध उद्योगकारुपमा बिकास गर्न सके अन्य जातजातीका समुदायले समेत यसको उद्योग स्थापना गर्ने सांसद राईले बताईन् । ‘व्याण्ड गर्ने हो भने सबै खालका रक्सीलाई व्याण्ड गरौं ।
होईन भने लोकल रक्सीलाई लिगलाइज गरौं, घरेलु उद्योगकारुपमा बिकास गर्नमा ध्यान दिऔँ,’ राईले भनिन्, ‘चेयर्स गर्दा लोकल रक्सीले गर्ने हो, विदेशको रक्सी ल्याएर चेयर्स गर्ने होईन । हामीले यस्तो कन्सेप्ट लिनु प¥यो ।’
सांसद राईले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर आर्थिक क्रान्ती गर्न, वनमा रातो चन्दनको खेती गर्ने वातावरण बनाउन, सुकेको डाँडापाखालाई फ्रुट फरेष्टका ेरुपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । राईले आफ्नो स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सके मात्र सच्चा राष्ट्रवाद झल्किने उल्लेख गरिन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



