दिक्तेलमै कोरोना संक्रमित फेला परेपछि दिक्तेलबजारका व्यापार व्यवसाय बन्द
असार १६ मंगलवार,२०७७
खोटाङ । दिक्तेलमै कोरोना संक्रमित फेला परेपछि खोटाङ उद्योग वाणिज्य संघले व्यापार व्यवसायहरु बन्द गराएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि दिक्तेलबजारमा अत्यावश्यक सेवा बाहेकका व्यापार व्यवसायहरु वुधवारबाट वन्द गराएको खोटाङ उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार वजिमयले जानकारी दिए । वाणिज्य संघले प्रत्येक व्यापारीहरुलाई घरघरमा पत्र पठाएर व्यावसाय बन्द गराएको हो ।
अत्यावश्यक खाद्यान्न तथा तरकारी पसल भने विहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने छन् भने औषधि पशल चौवीसै घण्टा खुला रहने प्रमुख जिल्ला अधिकारी एबं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शालिग्राम शर्मा पौडेलले बताए । दिक्तेलबजारमा कुनैपनि निकायबाट घर–घरमा पुगेर प्रवाह गरिने सेवा भने बन्द गरिएको प्रजिअ पौडेलको भनाइछ ।
यस्तै, कोरोना संक्रमित फेला परेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केही क्षेत्र सिल गरिएको छ । भारतबाट आएका १८ वर्ष र साउदीअरबबाट आएका ३८ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको पूष्टि भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएम) को सोमबार बसेको बैठकले अल्छेढुंगा हुँदै बेँसीटोल, नेर्पा जाने बाटोको डाँडागाउँ साकेलाथानसम्मको दायाँ–बायाँ सय मिटर क्षेत्रभित्र सिल गर्ने निर्णय गरेको हो ।
अर्को व्यवस्था नभएसम्मका लागि तोकिएको क्षेत्रमा प्रवेश गर्न वा बाहिरिनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पिसिआर परीक्षण गरेर आएका ३८ वर्षीय पुरुष पाँच दिन मात्र क्वारेन्टाइनमा बसेर घर पठाइएकाले गाउँ सिल गर्नुपरेको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



