नागरिकता विधेयकविरुद्ध जसपाका नेताहरु पञ्चेबाजा बजाउँदै सडकमा
असार १६ मंगलवार,२०७७
खोटाङ । संसदीय समितिबाट पारित नेपालको नागरिकता (पहिलो संशोधन) ऐन २०७७ फिर्ता लिन माग गर्दै जनता समाजवादी पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।
समाजवादी विद्यार्थी युनियको आयोजनामा काठमाडौँमा पञ्चेबाजा बजाएर गरिएको विरोध प्रदर्शनमा जसपाका नेता महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई लगायतका उच्च पदस्थ नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नागरिकता विधेयकमा उल्लेखीत अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने प्रावधानविरुद्ध जसपा आन्दोलनमा उत्रको हो । जसपा (राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) का शीर्ष नेताहरु नागरिकता विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् ।
नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने र विदेशी ज्वाईलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ ।
माइतीघरबाट बाजागाजासहित बानेश्वरसम्म गरिएको प्रदर्शनका क्रममा उनीहरुले जातिय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा समेत लगाएका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



