मिडिया पक्षधर पहिलो पाइलो
कृष्ण आचार्य
असार १८ बिहीवार, २०७७
खोटाङ । इन्टरनेटको पहँुचमा रहेर लाखौं मूल्यका स्मार्ट फोन र ल्यापटप निर्वाध उपभोग गर्न पाइरहेको अहिलेको युवा पिंढीलाई अगिल्लो पुस्ताले खेपेका कतिपय पद्धति र चलनचाँजोहरु सुन्दा आश्चर्य लाग्न सक्छ । दुई वर्ष अगाडिको एउटा प्रसङ्ग सम्झन्छु,–जिल्लाका केही उदीयमान युवाहरु संलग्न चिया गफको सन्दर्भ थियो त्यो ।
त्यसमा विद्यार्थी राजनीति छिचोल्दै विभिन्न राजनैतिक एवं सामाजिक संघ संस्थाको कुसल नेतृत्व निर्वाह गरिसकेका र उमेरले चालीस भ्याएका उच्च बौद्धिक युवा मेरा ‘भाई–साथी’–टंक थापा पनि सम्मिलित हुनु हुन्थ्यो । टंकजी यतिबेला एउटा दलको जिल्ला अध्यक्ष हुनुहुन्छ । कुरै कुरामा मैले भने,–उ बखत घरमा रेडियो राख्न लाइसेन्स लिनुपथ्र्यो । निर्धारित समयमा नवीकरण नगरे जरिवाना मात्रै होइन, रेडियो जफत हुन सक्थ्यो । अवज्ञा गरे कैद पनि हुनसक्ने कानूनी प्रावधान थियो ।
कुरो सुनेर अरुहरू त विलखबन्द भए नै, टंकजी समेत चकित हुनुभो । साँच्चै कि ? टंकजीले सन्देह गर्नुभो,–कि हामीलाई पजल बनाउँदै हुनुहुन्छ दाइ ?
मैले थपे,–तराइमा साइकलको पनि लाइसेन्स बनाउनु पथ्र्यो । र यो प्रचलन धेरै अगाडिको होइन, जनमत सङ्ग्रह अगाडिसम्म कायम थियो ।
तपाई, जो यो आलेख पढ्दै हुनुहुन्छ, मेरो आदरणीय पाठक, तपाईलाई पक्कै थाहा छ, अहिले पनि विभिन्न टुङ्गोमा हुलाकीले डाक पु¥याउने गर्छ । लाहाछाप गरेर बन्द गरिएको पोकोमा चिठीपत्र र अनेक पार्सल हुन सक्छन् । हुलाकीले पु¥याउँछ अनि लिएर आउँछ ।
अहिले त्यसलाई कसैले चासो राख्दैन । तर, उबेला बर्छा र घुँघुरु सहित भाला टेकेर आउँदै गरेको हुलाकी देखेपछि पैदल यात्रु मात्रै होइन घोढचढी समेतले घोडा रोकेर उसलाई पार हुन दिनु पथ्र्यो ।
हुलाकीलाई ओभरटेक गर्न मनाही थियो । यतिसम्म कि, नियम उल्लघन गरेको अप्टिक लगाएर हुलाकीले भाला प्रहार ग¥यो र ज्यान गयो भने पनि उसलाई ज्यान मुद्दा लाग्दैन थियो । विचार गर्नोस् त, डाक बोकेको हुलाकीसँग थर्कमान हुनु प¥यो कि परेन ? त्यो भनेको डाक सुरक्षाको उच्चतम प्रवन्ध हो । किनभने, त्यो बेला हुलाक मार्फत चिठीपत्र मात्रै होइन नगद समेत आदानप्रदान हुने गथ्र्यो ।
अब म युवा सञ्चारकर्मीहरु (सबै पत्रकार सञ्चारकर्मी हुन्, तर सबै सञ्चारकर्मी पत्रकार होइनन् ) लाई लक्षित गरेर केही खुल्दुली मेटाउने जमर्को गर्छु ।
लामो समय धिमा गतिमा चल्दै आएको नेपाली पत्रकारिताले कुन उपकरणको माध्यमबाट एकाएक छलाङ् मा¥यो ? गिद्धे प्रेसदेखि गोरखापत्रको इतिहास पढेका र अहिले स्मार्ट पत्रकारिता गरिरहेका दिग्गज युवा पत्रकारलाई लाग्न सक्छ, इन्टरनेट नै पहिलो र अचूक उपकरण हो, जसले विश्व सञ्चार जगतलाई कायापलट गरिदियो ।
यो तथ्य त हुँदै हो । तर त्यो भन्दा अगाडि यस्तो एउटा उपकरण प्रचलनमा आयो, जसले परम्परागत सूचना सम्प्रेषणमा युगीन परिवर्तन ल्याएको थियो । तर त्यो धेरै समय टिकेन । त्यसलाई छिटै नै इन्टरनेटले विस्थापित गरिदियो । त्यो हो टेलिप्रिन्टर ।झेजो नमान्नुहोस्, यस सम्वन्धमा म एउटा संस्मरण सुनाउँछु है त !
जब म कान्तिपुर पब्लिकेशनमा छिरें, त्यो बेला आन्तरिक तयारी चलिरहेको थियो । पत्रिका बजारमा आइसकेको थिएन । म सँग लेटरप्रेसबाट पत्रिका निकाल्ने पन्ध्र/सोह्र वर्षको अनुभव त थियो । तर अत्याधुनिक अफसेट प्रविधिको उस्तो ज्ञान थिएन । पहटिएर सिक्तै जाँदा त्यसमा पनि सुरुबुरु भाका टिपियो । एकदिन पब्लिकेशनको व्यवस्थापनले एउटा सानो पोर्टेबल टाइपराइटर भित्तामा टाँस्यो ।
हेर्दाहेर्दै त्यसले त आफैं पो टाइप गर्न थाल्यो । टाइप गरेको सामग्री पेपरको रोलमा प्रिन्ट भएर खररर्र तल झरिरहने । मलाई उदेक लाग्यो, कस्तो मेसिन होला यो, पटटट आफैं चल्ने अनि अक्षर ब्याउने ? कसैलाई सोध्न पनि धक लाग्यो । आफूलाई प्रधान सम्पादक योगेश उपाध्याय भन्दा तेस्रो बरियातामा राखेको छ ।
उस्तै उलाहाका फेला परियो भने त खिसी गरिदेला । सोचें, पहिला त्यहाँ के छापिंदैछ त्यसलाई पढेर पर्गेल्नु प¥यो । तै भेउ पाइहालिन्छ कि भनेर त्यता ध्यान दिएँ । मेरीबास्सै ! त्यहाँ त सिन्ह्वा, पीटीआई, एपी, एएफपी जस्ता अन्ताराष्ट्रिय न्युज एजेन्सीका समाचार पो छापिंदा रहेछन् । बुझ्दै जाँदा तिनैलाई थुतेर आफ्नो पव्लिकेशनको आवश्यकता अनुसार उपयोग गर्नुपर्ने रहेछ ।
जसरी टेलिप्रिन्टरले मैले खेप्दै आएको पुरातन प्रविधिलाई एकै झट्कामा विस्थापित ग¥यो, त्यसैगरी उसलाई पनि इन्टरनेटले सदाका लागि म्युजियमतिर रमाना गरिहाल्यो । त्यो पछिको विकासक्रम सबैलाई थाहा छ ।
सञ्चार सहजताका लागि पेजिङ सेवा आयो । त्यसका सेवा प्रदायकले साउँ उकास्न नभ्याउँदै मोबाइल फोनको व्यापकताले त्यसलाई पनि निलिदियो । अहिले त्यसको पनि कुनै चिनोबानो छैन ।
अव एउटा जडी कुरो गरेर अनि मात्र विषयमा छिरौंला । त्यो के भने, २००७ सालको परिवर्तन पछि निजी क्षेत्रबाट समाचार पत्रहरु प्रकाशित हुन थालेका थिए । तर तिनीहरुलाई कुनै सरकारी सुविधा दिने प्रावधान थिएन । २०१५ सालको आम निर्वाचनपछि गठन भएको सरकारले समाचार पत्रको सम्पादकलाई ७००।– रूपैंया उपलव्ध गराउने निर्णय ग¥यो । जव कि क्याविनेट मन्त्रीको पारिश्रमिक पनि ७००।– नै थियो । यो प्रश्ताव ल्याउने कृष्णप्रसाद भट्टराईले चर्को आलोचनाको सामना गर्नु परेको कुरा उहाँले नै पटक पटक बताउनुभएको मैले पनि सुनेको हुँ ।
कालान्तरमा मन्त्रीका सुविधाहरु चुलिंदै गए । सम्पादकले पाउने साबिक सुविधा कायमै रह्यो । पञ्चायत कालमा पनि दैनिक पत्रिकाले एक हजार र साप्ताहिक पत्रिकाले ७००।–पाइरहे । पञ्चायतको वहिर्गमन पश्चात लोक कल्याणकारी विज्ञापनको नाममा त्यो सुविधाको प्रावधान अद्यापि कायम छ । तर अहिले त्यस्तो सुविधा पाउन प्रेस काउन्सिलको वर्गीकरणमा पर्नुपर्छ ।
पत्रपत्रिकाको संख्या अत्याधिक बढेकोले वर्गीकरणको आवश्यकता थियो । त्यसलाई स्वाभाविक मान्नुपर्छ । अहिले ‘क’ वर्गमा पर्ने पत्रिकाले मासिक करीव तीस हजार पाउँछ ।
यो प्रसङ्ग किन उल्लेख गर्नु परेको हो भने, कृष्णप्रसाद भट्टराईले उस बखत यो प्रचलनको शुरूवात नगराएको भए सम्भवतः अहिले कायम हुने थिएन । भट्टराईको प्रजातन्त्रप्रति अगाध निष्ठा थियो । यो कसैले पुष्टि गरिरहनुपर्ने विषय होइन । प्रजातन्त्र सुदृढ हुन प्रेसको भूमिका सशक्त हुनुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो भट्टराई ।
उहाँ पत्रकारिताको भूमिकाबाटै माथि उठ्नु भएको हो । भट्टराई पत्रकार महासंघको प्रथम अध्यक्ष नै हो । त्यसैले पत्रकारको वृत्ति विकासका निम्ति एउटा वलियो जग बसाएर जानुभो । यस मानेमा नेपाली प्रेस जगतले हर समय उहाँको स्मरण गर्न वाञ्छनीय हुन्छ ।
हुन त निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा पनि प्रेसकै भ¥याङ चढेर त्यहाँ पुग्नु भएको हो । तर उहाँले चाँहि ठ्याक्कै ऐंजेरुको भूमिका खेल्नु भयो । ऐंजेरुले आफंै उत्पति भएको रूखलाई मार्ने काम गर्छ । उहाँले नेपाली प्रेसलाई सत्ताको भजने बनाउने प्रयत्न गर्नुभयो । तर त्यो आजको अवस्थामा सम्भव थिएन । फलतः उहाँ यतिवेला केपी शर्मा ओलीको बालकोट दरवारको प्रमुख कोठारीको हैसियतमा खुम्चिनु भएको छ बरा !
यी दुईटा उदाहरणसँगै अव म जिल्लाको खास विषयवस्तुमा ओर्लिन्छु । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व.२०७७/२०७८ को लागि आफ्नो नीति तथा कार्यक्रमको घोषणा गर्ने क्रममा जिल्लाका सञ्चारकर्मीका लागि विभिन्न सुविधा उपलव्ध गराउने कार्यक्रम प्रस्तुत ग¥यो । जो संघीय सरकारले समेत पत्रकारका लागि यस्तो कार्यक्रम ल्याउन सकेको थिएन ।
यो सुनेपछि नेकपा सम्वद्ध एक दुई जना ठूटे नेताले दिक्तेलबजारका चौकतिर खुब डङ्का पिटेछन्,–यो निर्णय गैर कानूनी हो, उनीहरुको तर्क रहेछ । गाउँ वा नगरपालिकाले उसको क्षेत्रफलभित्र मात्र सुविधा दिन सक्छ । पूरै जिल्ला कभर गर्न पाइँदैन । उनीहरुका ख्वामितहरुको ठहर पनि यस्तै होला र नै उनीहरुले बक्न सकेका होलान् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्राकृतिक प्रकोप वारे सचेतना कार्यक्रम जिल्लाभरि सञ्चालन गर्दैछ । ती महाशायले यसलाई पनि रोकून् ।
तर दिप्रुङ चुइचुम्मा गाउँपालिकाको निर्णय बदर गराउन कोही माइकालालको पिताम् चल्ला ? मिडियालाई सधैं निम्छरो तुल्याएपछि कब्जामा राख्न सकिन्छ र मनपरी गर्न सजिलो हुन्छ भन्ने कलुषित भावनाले ग्रसित मानिसको हालत गोकुल बास्कोटाको जस्तै हुनेछ । अरू धेरै उदाहरणहरु दिइरहनै पर्दैन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको निर्णय क्रमशः अरु पनि पालिकाले अनुशरण गर्दै जानेछन् । किनभने मिडियाको सशक्त भूमिका विना लोकतन्त्र प्रवद्र्धन किमार्थ हुन सक्दैन ।
मैले यो घटनासम्म आइपुग्न मिडियाको विकासक्रम, यान्त्रीकरण र घटनापरिघटनालाई किन जोड्दै आएको हुँ भने आजको नेपाली मिडिया त्यति निम्छरो छैन, कुनै व्यक्ति, समुह वा दल मात्रले पञ्जामा कब्जा गर्न खोज्दा अडियोस् ।
यद्यपि मिडिया भित्र शुद्धीकरण पनि अपरिहार्य भैसकेको छ । मिडियाका माध्यमबाट जथाभावी गर्न कसैलाई छुट हुनु हँुदैन । यस सन्दर्भमा भने संघीय सरकार निर्मम बन्न आवश्यकता छ । (लेखक ः आचार्य सम्पादक समाज नेपाल खोटाङका अध्यक्ष हुन् ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



