दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आप्रवासी संगठित
असार २० शनिवार, २०७७
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आप्रवासी हकहित संरक्षण सञ्जाल गठन गरिएको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेर घर फर्किएका नगरभित्रका युवाको हक अधिकारको क्षेत्रमा काम गर्दै सिके/जानेका सीपलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने लक्ष्यकासाथ प्रेम श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरिएको हो ।
नगरस्तरिय सञ्जालको उपाध्यक्षमा नवराज आचार्य, सचिवमा तुलाराम वास्तोला, सह–सचिवमा मेनुका लुइटेल र कोषाध्यक्षमा सविना श्रेष्ठ चयन भएका छन् ।
पवनकुमार अधिकारी, सन्देश खालिङ राई, देवराज घिमिरे, टिकाराम बुढाथोकी, छवीराज राई र राजन ढकाल सञ्जालका सदस्य छन् । स्थानिय सरकारको नेतृत्वमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले विदेशमा काम गरेर फर्केका आप्रवासीसँग गरेको अन्तरक्रिया कार्यक्रममार्फत सञ्जालको तदर्थ समिति बनाइएको हो ।
सञ्जालले बैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप, प्रविधि र अनुभवलाई उत्पादनशिल कार्यमा उपयोग गर्ने, वैदेशिक रोजगारसँग सम्वन्धित विषयमा सचेतना फैलाउने, वैदेशिक रोजगारीमा रहेका ब्यक्ति तथा घरपरिवारको हकहितका लागि संगठित हुने, कानुनी समस्या तथा जटिलताको निराकरणका लागि सम्वन्धित निकायसँग सहकार्य गर्ने लगायतका काम गर्ने सुरक्षित आप्रवासन परियोजना (सामी) का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए ।
कार्यक्रममा कोभिड १९ को प्रभावलाई सम्बोधन गर्न वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सरकारले गरेका व्यवस्था, गन्तव्य मुलुकले गरेका व्यवस्था र त्यी व्यवस्था तथा प्रावधानमा पिडितको पहुँच, जानकारी तथा प्रयोगका लागि सहि सुचना, परामर्श तथा तरिकाको प्रसारणमा सामी परियोजनाले गरिरहेका कृयाकलापका बारेमा चर्चा गरिएको थियो ।
वैदेशिक रोजगारलाई सुरक्षित एवं उपलब्धिमुलक बनाउन सहयोग गर्ने उद्देश्यले बालसेवा समाज नेपालमार्फत हाल जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन हुँदै आएको आएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



