खोटाङमा प्रजातान्त्रिक सम्पर्क महासंघ गठन

असार २६ शुक्रवार, २०७७
खोटाङ । नेपाली कांग्रेस निकटको नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ खोटाङको तदर्थ समिति गठन भएको छ । कांग्रेस निकट बौद्धिक वर्गहरुको संगठनका रुपमा चिनिने नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघमा अनिल आचार्यको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

विपी स्मृति भवन दिक्तेलमा बिहीबार भएको एक भेलाले महासंघको सहसंयोजकमा एलिना राई, सचिवमा दिपेन्द्र राई र कोषाध्यक्षमा मुना चौलागाँई सर्वसम्मत चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा कपिलराज घिमिरे, जर्ण चाम्लिङ, राजनप्रसाद आचार्य, मधुकला राई, सन्देश मगर, युधिर शाक्य, शिव मगर, बासु दाहाल, यमुना कोइराला (पोखरेल) रहेका छन् भने सल्लाहकारमा वरिष्ठ पत्रकार कृष्ण आचार्यको संयोजकत्वमा कानुन व्यवसायी नारायणदास राई, बुद्धिजीवी पवनकुमार थापा र पत्रकार उत्तम चौलागाँई रहेका छन् ।

नेपाली कांग्रेस पार्टीभित्र शुभेच्छुक राख्ने बौद्धिक वर्ग, बैंक, वित्तिय संस्था, सहकारी, उद्योग, लगानीकर्ता, पूर्व प्रशासक, समाजसेवी सम्मेलित बौद्धिक वर्गहरुको संगठन नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघले पार्टीभित्र रहेका अन्तरकलहलाई न्यूनिकरण गर्न, पार्टी र जनप्रतिनिधि तथा विभिन्न भातृ संगठनहरुलाई सम्पर्कको माध्यमबाट एकता गराउन मद्दत गर्ने संयोजक आचार्यले बताए ।