दशैं–तिहारको स्वागतमा भलिबल
खोटाङ । दशैं, तिहार तथा छठको स्वागतमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा भलिबल प्रतियोगीता आयोजना गरिएको छ । आउँदै गरेको दशैं, तिहार लगायतका चाडको स्वागतमा वडा कार्यालय च्यास्मीटारको आयोजना एबं च्यास्मीटार युवा समितिको संयोजनमा भलिबल प्रतियोगीता गरिएको हो । बुधबार समापन भएको प्रतियोगीतामा च्यास्मिटार ‘ए’ प्रथम, हुन्डाखा दोश्रो र सार्पाले तेश्रो स्थान प्राप्त गरेको छ ।
खेलका प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः नगद १३ हजार, १० हजार र ७ हजारका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । सान्त्वना हुने बाङ्मालाई ३ हजार प्रदान गरिएको छ । खेलको अनुसाशित तथा उत्कृष्ट खेलाडीको उपाधि बाङ्माका उसन राईले जितेका छन् । बिजेता टिमलाई वडाध्यक्ष भलाराज राईले पुरस्कार प्रदान गरेका छन् । प्रतियोगीतामा १४ टिमको प्रतिष्पर्धा रहेको च्यास्मिटार युवा समितिका संयोजक तुलसी तिलुङ राईले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङकी सदस्य कमलकुमारी राई, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति देवेन्द्र राई, वडा सदस्य, लगायतको उपस्थिति रहेको थियो ।
गाउँमा भलिबल खेल भित्र्याउने सम्मानित
खोटाङको पश्चिमी क्षेत्रमा भलिबल खेलको सुरुवात गर्ने संस्थापकलाई सम्मान गरिएको छ । करिब ४० वर्षअघि तराईबाट डोकोमा भलिबल ल्याएर गाविसमा भलिबल खेलको सुरुवात गर्ने हलेसी तुवाचुङ नगरवपालिका–३ च्यास्मीटार टारगाउँका भेषबहादुर अधिकारीलाई सम्मान गरिएको हो । वडा कार्यालय च्यास्मीटार र च्यास्मीटार युवा समितिको आयोजनामा च्यास्मीटारमा भएको भलिबल प्रतियोगीता समापनको अवशरमा भलिबलका संस्थापक अधिकारीलाई सम्मान गरिएको हो ।
अधिकारीले २०३५ सालमा जनकपुरबाट सिन्धुलीको गोदारसम्म ट्रकमा र गोदारबाट ढाकरमा बोकेर गाउँसम्म भलिबल, जाली र पम्प ल्याएर च्यास्मीटार, दुर्छिम, बडहरे, बाहुनीडाँडा र डिकुवामा भलिबल खेलको विकास गरेका थिए । उनले भलिबल भित्र्याएर खेल्न सिकाएपछि सो क्षेत्रमा भलिबलको सुरुवात भएको थियो । उनले ब्याडमिन्टन, क्यारमबोर्ड लगायतका खेल समेत पहिलोपल्ट च्यास्मीटारमा भित्र्याएका थिए । तत्कालिन गाबिसकै भलिबलका जन्मदाताकारुपमा अधिकारीलाई सम्मान गरिएको च्यास्मिटार युवा समितिले जनाएको छ ।
हाल व्यवसायमा संलग्न अधिकारीलाई २ वर्षअघि सिर्जनात्मक एकता युवा सेवा समाज दाल्फुले पनि भलिबल प्रतियोगीताकै अवशरमा सम्मान गरेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



