पक्राउ परेका विप्लव समूहका नेता पुन र धामीलाई प्रहरीद्वारा सार्वजनिक
असार ३१ बुधवार, २०७७
कैलाली । कैलालीको धनगढीबाट पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो इन्चार्ज पूर्णिमा भनिने गौरा धामीलाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई सार्वजनिक गरेको हो । बुधबार बिहान धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ बेली स्थित सडक खण्डबाट उनीहरु पक्राउ परेका थिए ।
प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेता ओम प्रकाश पुनले बोकेको झोला भित्र लुगामा लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



